Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा सहिद रामकृष्ण श्रेष्ठस्मृति महिला फुटबल हुने

  •   २ वर्ष अघि | १८ जेष्ठ २०८१, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता

धनकुटा/सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आगामी आइतबारदेखि कोशी प्रदेशस्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

शुक्रबार आयोजित पत्रकार भेलामा यही जेठ २० देखि २४ गतेसम्म रामकृष्ण स्मृति महिला फुटबलको तेस्रो संस्करण सुरु हुने जानकारी दिइएको हो । प्रतियोगितामा कोशी प्रदेशका सात वटा स्थानीय तहको सहभागिता हुने आयोजकले जनाएको छ । 

२०७६ मा पहिलो पटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता गरिएको र २०७९ सालमा जिल्लास्तरिय प्रतियोगितामा सीमित भएको र यो पटक पुन प्रदेशस्तरिय हुन लागेको प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रत्येक खेलमा ओमेन अफ द म्याच र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ८ लाख रुपैयाँ ५० हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । 

प्रतियोगितामा कोशी प्रदेशका ७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । झापाको कन्काई नगरपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिका तथा धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र पाख्रिवास नगरपालिकाको सहभागिता हुने भएका छन् ।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो। श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

  • Dhankutapress

थप