Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

तेश्रो डाँडावजार गोल्डकप वैसाख १४ देखि

  •   ३ वर्ष अघि | ६ बैशाख २०८१, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/जंङ्ग वहादुर थापा स्मृति तेश्रो डाँडा बजार गोल्डकप आगामी वैसाख १४ गते देखि हुने भएको छ । 

डाँडा वजार फूटवल क्लव डिएफसी डाँडा बजारले विहिवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । खेलकुदको क्षेत्रबाट डाँडा बजारलाई चिनाउने उदेश्यले आयोजना गर्न लागिएको फूटबल प्रतियोगितामा जम्मा ८ वटा टिमले भाग लिने क्लवका अध्यक्ष राजकुमार सुब्बाले जानकारी दिए । 

नक आउट फूटवल प्रतियोगिताको समूह ए मा उद्धघाटन खेलमा  डाँगीहाट फूटवल क्लव बेलवारी र ताल तलैया फूटबल क्वल सुनसरी विच हुनेछ । त्यसैगरी दोश्रो खेलसमूह वि मा रहेको गाईघाट फूटवल क्लव गाईघाट र निरजन यूथ क्लव धरान सुनसरी विच हुनेछ । 

त्यसैगरी दोश्रो दिन हुने खेलमा प्रदेश प्रहरी फूटवल क्लव रानी विराटनगर र आयोजक डाँडावजार फूटवल क्लव विच हुने अध्यक्ष सुब्बाले बताए । त्यसैगरी अर्को खेल लेटाङ्ग फूटवल क्लव मोरङ्ग र रारा फूटबल क्लव राजारानी विच हुनेछ । 

प्रतियोगिताको कूल खर्च २० लाख रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले २ लाख, ५० हजार र द्धितिय हुनेले १ लाख, ५० हजार नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाईनल खेल आगामी वैसाख १७ गते १ वजे हुनेछ । विधागत पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलन धनकुटा फूटवल संघका उपाध्यक्ष मणी देवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा धनकुटाको डाँडा वजार स्थायी वासिन्दा भई हाल जापानमा कार्यरत रहेका यमन देवानले नेपाल पत्रकार महासंघ धनकुटा शाखामा कार्यरत पत्रकारहरुको लागि सौजन्य गरेका ६० थान प्रेस ज्याकेट समेत हस्तान्तरण गरिएको थियो । प्रेस ज्याकेट साँगुरीगढी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष खड्ग लिम्वू लगायतले पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवासलाई हस्तान्तरण गरेका थिए ।   

  • Dhankutapress

थप