Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

प्रथम भलिबल उत्सवको उपाधि चौविसे र साँगुरीगढीलाई

  •   १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामाप िहलो पटक आयोजना गरिएको १५ दिन लामो भलिवल उत्सव सनिवार देखि औपचारिक रुपमा समापन भएको छ । जिल्ला भलिबल संघ धनकुटाले सदरमुकामको तल्लो टुँडिखेलमा आयोजना गरेको भलिवल उत्सवमा पुरुष भलिवल प्रतियोगिताको उपाधि चौविसे–८ र महिला भलिबल प्रतियोगिताको उपाधी साँगुरीगढी गाउँपालिकाको भलिवल टिमले हात पार्न सफल भएको छ ।

नयाँ खेलाडी उत्पादन तथा भलिवल खेलप्रति आकर्षण बढाउँन उत्सव कै रुपमा १५ दिनसम्म प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताए । पन्ध्र दिनसम्म सञ्चालन भएको भलिबल उत्सव–०८२ मा धनकुटाका सात पालिकाका विभिन्न ६५ वटा वडाहरु मध्येबाट २० वटा पुरुष भलिवल टीम सहभागी थिए । यस्तैगरी ७ वटा स्थानीय पालिकाहरु मध्येबाट सहभागी महिला भलिवलका ६ वटा टिम विच एक आपसमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा चौविसे गा.पा.को वडा नं.८ बसन्तटारले पाख्रीवास वडा नं.५ लाई दोश्रो सेटमा २५–२०, तेश्रो सेटमा २५–२१ र चौथो सेटमा २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । त्यसैगरी पाख्रीवास न.पा. वडा नं.५ ले पहिलो सेटमा चौविसे वडा नं.८ लाई २५–२० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी महिला भलिबल तर्फ साँगुरीगढी गाउँपालिकाले सहिदभूमि गाउपालिकालाई २५–२१, २५–२२ र २५–१४ को सोझो सेटमा पराजित गर्दै पहिलो भलिवल उत्सवको उपाधि चुम्न सफल भएको हो । उपाधिसंगै प्रतियोगितामा विजयी चौविसे गाउँपालिका वडा नं.८ बसन्तटार र साँगुरीगढीको भलिबल टिमले ५०/५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोश्रो स्थान जित्ने पाख्रीवास नगरपालिका वडा नं.५ भलिबल टिम र सहिदभूमि महिला भलिवल टिमले ३०/३० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी भलिबल उत्सवसंगै शंख बजाउने प्रतियोगितामा धनकुटा–७ का माधव दाहाल प्रथम भएका थिए भने ५ किलो मिटर दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा खुल्लातर्फ ५ हजार मिटर दौडमा ओसन राईले १८ मिनेट ३० सेकेण्ड ११ मिनिसेकेण्डमा दुरि पार गर्दै प्रथम भए भने १८ मिनेट ५९ सेकेण्ड ५९ मिनीसेकेण्डमा दुरि पार गर्दै कुलमान राई दोस्रो र १९ मिनेट ११ सेकेण्ड ५८ मिनीसेकेण्डमा दुरि पार गर्दै साजन पुलामी मगर तेस्रो भए। उनीहरुले क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पारे ।यस्तै महिला तर्फ महिला ३ हजार मिटर दौडमा १२ मिनेट १ सेकेण्ड ३९ मिनीसेकेण्डमा दुरी पार गर्दै पुष्पा शेर्मा लिम्बू प्रथम भइन भने १२ मिनेट २९ सेकेण्ड ६६ मिनीसेकेण्डमा दुरी पार गर्दै दीक्षा राई दोस्रो र १२ मिनेट ३२ सेकेण्ड १५ मिनीसेकेण्डमा दुरी पार गर्दै कल्पना राई तेस्रो भइन। उनीहरुले क्रमश ७ हजार ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पारे ।

यता भेट्रान्सतर्फको ५ हजार मिटर दौडमा २१ मिनेट २८ सेकेण्ड ७५ मिनीसेकेण्डमा दुरी पार गर्दै विजय कुमार राई विजेता बने भने २२ मिनेट ५९ सेकेण्ड ८ मिनीसेकेण्डमा दुरी पार गर्दै मंगल तामाङ दोस्रो र २५ मिनेट  ३६ सेकेण्ड २७ मिनीसेकेण्ड दुरी पार गर्दै कुमार पाहिम लिम्बू तेस्रो भए । उनीहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र हात पारे । यस्तै प्रतियोगितामा सहभागि भएका ७ वर्षिय आरम्भ ढकाल सहित ८ जना बालबालिकाले प्रोत्साहन स्वरुप जनही नगद एक हजार रुपैयाँ, तथा ६१ वर्षिय रामप्रसाद उराउले नगद एक हजार ५ सय रुपैयाँ हात पारे । 

प्रतियोगितामा विजयी टिमका खेलाडीहरुलाई कोशी प्रदेश भलिवल संघका अध्यक्ष खेम राई र जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । 

  • dhankutapress

थप