Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण गोल्डकपको उपाधि नमोःबुद्ध युथ फुटबल क्लब सप्तरीले चुम्यो

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/१७ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले उचालेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सनिवार सम्पन्न प्रतियोगितामा गाईघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै नमोःबुद्ध युथ फुटबल क्लब सप्तरीले उपाधि चुमेको हो । 

नमोःबुद्ध युथ फुटबल क्लब सप्तरीले खेलको ४० औँ मिनेटमा राज भुषालको गोल ंमार्फत गोलको खाता खोल्यो । यस्तै ४१ औं मिनेटमा गाईघाट फुटबल क्लबका आकाश राई गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । यस्तै खेलको ४४ औँ मिनेटमा नमोबुद्धका क्षितिज भण्डारीले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए। 

यसैगरी खेलको ८३ औँ मिनेटमा गाईघाटका अशिम राईले गोल गर्दै २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल सिधै ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा नमोबुद्धका सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुबारले गोल गरेका थिए । यता गाईघाटका निश्चल मोक्तान, आकाश राई र प्रविन राईले गोल गरे भने धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेका थिए । 

विजेता नमोबुद्धले विर्तामोड युनाइटेड क्लब झापालाई बिहीबार ३–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। यस्तै उपविजेता गाईघाटले सशस्त्र प्रहरी बल एपिएफ क्लबलाई शुक्रबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । उपाधि विजेता नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पा¥यो। उपविजेता बनेको गाईघाट फुटबल क्लब उदयपुरले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो। फाइनल खेलको म्यान अफ द म्याच नमोबुद्धका गोलकिपर रविन बस्नेत घोषित भए। उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।

सैगरी भीमनारायण गोल्डकपको १७ औँ संस्करणको सर्वोत्कृष्ट खेलाडि नमोबुद्धका राज भुषाल घोषित हुँदै नगद १७ हजार ५ सय ५५ रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट गोलकिपर नमोबुद्धका रविन बस्नेत, उत्कृष्ट डिफेन्डर नमोबुद्धका आयुष मगर, उत्कृष्ट मिल्ड फिल्डर नमोबुद्धका विवेक राई, उत्कृष्ट फरवार्ड गाईघाटका फोवाना र उत्कृष्ट कोच नमोबुद्धका दिपेन शाक्य घोषित भए । उनीहरूले जनही नगद ७ हजार ५५५ रुपैयाँ हात पारे। यस्तै प्रतियोगिताको उदयमान खेलाडि धनकुटाका दिपेन शाक्य घोषित भए। उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे ।खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादु गुरुङले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

गत वर्षदेखि दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता २०५५ सालबाट सञ्चालन सुरुवात गरिएको हो। त्यसपछि केही वर्ष सञ्चालन गरेर स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । प्रतियोगिता शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा सञ्चालन हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई तत्कालिन सरकारले २०३५ सालमा गोली हानी हत्या गरेको थियो। सरकारले श्रेष्ठलाई २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

  • dhankutapress

थप