धनकुटा प्रेस सम्वाददाता
धनकुटा/चित्लाङ्ग फुटबल क्लव काठमाण्डौंलाई हराउँदै विर्तामोड यूनाईटेड फुटबल क्लव शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न खेलमा विर्तामोड यूनाईटेड फुटवल क्लवले चित्लाङ्ग फुटबल क्लब काठमाण्डौंलाई १ विरुद्ध ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको पहिलो हाफको ४४ औँ मिनेटमा विर्तामोड यूनाईटेड क्लबका जर्सी नं.११ का अभिशेक गुरुङ्गले टिमको तर्फबाट १ गोल गरेर अग्रता दिलाएका थिए । त्यसैगरी प्रतियोगिताको दोश्रो हाफको १३ औं मिनेटमा बिर्तामोड यूनाईटेडका जर्सी नं.२ का विशाल भण्डारीले थप १ गोल गरेर सुन्यको विरुद्ध आफनो टिमलाई २ गोलको अन्तरले अघि वढाएका थिए । त्यस्को लगत्तै विर्तामोड यूनाईटेडका जर्सी नं.७ का गिल्सन कन्दङ्गवाले दोश्रो हाफको १९ औं मिनेटमा थप १ गोल गरेर चित्लाङ्ग फुटबल क्लवलाई सुन्यको विरुद्ध ३ गोलले अग्रता दिलाएका थिए । प्रतियोगिताको दोश्रो हाफ्को २३ औं मिनेटमा चित्लाङ्गफुटबल क्लबका जर्सी नं.१७ का अफ्रीकन खेलाडी पोकुले हानेको बल विर्तामोड यूनाईटेडका जर्सी नं.६६ का सुबास पयाँगुसंग ठोकिएर आत्मघाती गोल भएपछि १ गोलको विरुद्ध ३ गोलको फराकिलो अन्तरले विर्तामोड यूनाईटेड झापा सेमी फाईनलमा प्रवेश गरेको हो ।
खेलको म्यान अफ त म्याच विर्तामोड यूनाईटेड क्लबका जर्सी नं.७ का गिल्सन कन्दङ्गवा घोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ तथा मेडल हात पारे । खेलको पहिलो हाफमा विर्तामोड यूनाईटेडले चित्लाङ्गलाई निक्कै दबाबमा राखेर खेलेको थियो भने दोस्रो हाफमा चित्लाङ्ग फुटबल क्लवले आफ्नो खेल सुधारिएको प्रदर्शन गरेको थियो । गोल गर्ने दजनौँ मौका गुमाउँदा ३–१ को फराकिलो अन्तरले चित्लाङ्ग फुटबल क्लव घर फर्किनु प¥यो । प्रतियोगिता अन्तरगत वुधबार हुने खेलमा नेपाल पुलिस क्लव काठमाण्डौं र बेलवारी युथ क्लव मोरङ्ग बिच हुने आयोजकले जनाएको छ ।
दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिता आगामी २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।
२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।
- dhankutapress