Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

रारा गोल्डकप राजारानी धनकुटामा जारी खेलमा विर्तामोड युनाइटेड विजयी

  •   १ वर्ष अघि | १ जेष्ठ २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

राजारानी/धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा झापाको विर्तामोड युनाइटेड क्लब विजयी भएको छ । 

रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश फुटबल क्लबलाई ट्राइबेकरमा २–१ गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड विजयी भएको हो ।

धनकुटाको चौबिसे गाउँपालिकाको वडा नं.६ स्थित् राजारानीको पुण्य माविको खेलमैदानमा भएको प्रतियोगिताको बुधबार सम्पन्न खेलमा दुबै टीमबाट कुनै गोल नभएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा विर्तामोडका आशिष चाँपागाईं र विक्रम तामाङले गोल गरे भने सलहेशका आदित्य शाक्यले गोल गरे ।ट्राइबेकरमा बिर्तामोड युनाइटेडका गोलकिपर अभिषेक बरालले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका दुई पेनाल्टी बचाएपछि बिर्तामोड विजयी बन्न सफल भएको हो । खेलको म्यान अफ द म्याच विर्तामोडको गोलकिपर अभिषेक बराल घोषित भए । उनले नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गरे । 

११ औ संस्करणमा सहलेससँग पराजित भएको बिर्तामोडले यसपटक त्यो हारको बदला लिँदै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । प्रतियोगिता अन्तरगत खेल बिहीबार ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ, सिराहा र बागमती युथ क्लब सर्लाही बीच हुने आयोजकले जनाएको छ । 

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधाका सर्बोत्कृष्ट खेलाडीले जनही १० हजार नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप वि.सं. ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

  • dhankutapress

थप