सन्तवीर लामा
धनकुटा– स्वदेशमा रोजगारी श्रृजना गर्न नसक्दा वैदेशिक रोजागारीमा जाने युवाको संख्या वृद्धि भएको मंगलवार याहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
धनकुटा नगरपालिका र ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धि इटहरी सुनसरीको आयोजनामा सम्पन्न भएको “आप्रवासी श्रोत केन्द्रको दिगोपना विषयक आप्रवासन तथा विकास मञ्चको छलफल कार्यक्रम” मा सहभागी वत्तलाहरुले यस्तो बताएका हुन् । उनीहरुले स्वदेश मै रोजगारी श्रृजना गर्न नसक्दा वैदेशिक रोजगारीमा जानेको यूवाको सख्याँ वढेको टिप्पणी समेत गरेका छन् ।
धनकुटा जिल्लाको सातै वटै स्थानिय तहका प्रमुख एवं उप–प्रमुखहरुको सहभागीता रहेको उक्त छलफल कार्यक्रममा वोल्दै धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङले वैदेशिक रोजगारीको समश्यालाई आप्रवासी श्रोत केन्द्रले धेरै हदसम्म सहयोग गरेको बताए । उनले भने–“एउटा १७–१८ वर्षको मान्छे पासपोर्ट वनाउन आउ्रँछ, उस्लाई वैदेशिक राृजागारीको वारेमा केही पनि थाहा हुँदैन, यस्तो अवस्थामा आप्रवासी श्रोत केन्द्र धनकुटाले सम्झाउने, वुझाउने र सिकाउने काम गरिहेको छ ।”
सो अवससमा तामाङले धनकुटा नगर क्षेत्रका वैदेशिक रोजगारीबाट फर्किएका १ सय ६३ घरधुरीका युवाहरुलाई युएनडिपिको सहयोगमा वंगुरपालन कार्यक्रम संचालन भैरहेको पनि जानकारी दिए । भरखरै मात्र स्विस सरकारसंग सम्झौता भएनुसार १२ वटा गाउँपालिका र नगरपालिकाका ५ सय वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु जो विदेशमा सिप सिकेर आएका छन्, उनीहरुलाई नेपालमै राख्ने गरी तालिम लगायतको कार्यक्रम सम्झौता भएको प्रमुख तामाङले स्पष्ट पारेका छन् । धनकुटा नगरपालिका क्षेत्रका गाईपालक कृषकहरुलाई गाउँघरसम्म जाने मोटर बाटो निर्माण र दुध वजारसम्म ल्याउनको लागी ट्याम्पो खरिद गरेर दिएपछि दुधलाई वजारिकरण गर्न सहज भै दैनिक रुपमा ११÷१२ हजार रुपयाँसम्म कमाउन थालेका छन्–नगर प्रमुख तामाङले थपे ।
त्यसैगरी महालक्ष्मी नगरपालिकाको प्रमुख परशुराम नेपालले राज्यले रोजगारीको श्रृजना गर्न नसक्दा वैदेशिक रोगजारीको लागी विदेश जानेको संख्या वृद्धि भएको टिप्पणी गरे । उनले अव राज्यले सिप वेचेर आम्दामी वढाउने खालको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । त्यसका लागी आयआर्जन र सिपसंग जोडिने गरी पाठ्यक्रम निर्माण गरेर विद्यालय स्तरमा पठपाठन गर्नु पर्छ–नगर प्रमुख नेपालले भने । उनले आगामी असार देखी आप्रवासी श्रोत केन्द्रको कार्यक्रम फेजआउट हुँदैछ भन्ने सुनिएको छ, यस्लाई निरन्तरता दिनु पर्नेमा जोड दिए । त्यसैगरी सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले नेपालको ५६ प्रातिसत भन्दा वढी युवा वैदेशिक रोजगारीमा गएका छन्, यस्लाई राज्यले रोकेर आफ्नै देशमा रोजगारी श्रृजना गर्न सक्नु पर्नेमा जोड दिए ।
सो अवसरमा वैदेशिक रोजगार वोर्ड सचिवालय काठमाण्डौंका उप–सचिव तथा निर्देशक दिनवन्धु सुवेदीले वोर्डको कल्याण्कारी सेवा तथा कृयाकलापहरुको वारेमा सहजीकरण गरेका थिए । सो अवसरमा उनले वैदेशिक रोजागारीलाई सुरक्षित, व्यववस्थित् र मर्यादित वनाउने प्रयास वोर्डले गरिरहेको बताए । वोर्डले वैदेशिक रोजगारीकमा जानेहरुलाई सहि सूचना, आपत विपतमा परेकाहरुलाई उद्धार, सम्झौता अनुसार सेवा सुविधा नपाएकाहरुलाई सेवा सुविधा दिलाउने, स्थानिय सरकारसंग आवश्याक समन्वय र अनुशन्धानको काम गरिरहेको पनि उप–सचिव सुवेदीले स्पष्ट पारे । उनले दक्ष कामदार विदेश पठाउन सके चुनौति कम र कमाई वढी हुने पनि सुझाव दिए । हालसम्म वैदेशिक रोजगारीमा गएर आफ्नो ज्यान गुमाएका १० हजार, १ सय ७६ जनालाई ३ अर्ब, ३२ करोड, ३३ लाख, १९ हजार राहत सहयोग गरिएको पनि सेवेदीले जानकारी गराए ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम वहादुर थापाले वैदेशिक रोजगार वोर्डलाई प्रश्न गर्दै देशभरका मान्छे विदेश त जान्छन् आप्रवासन तथा विकास मञ्चको कार्यक्रम देशको १६ जिल्लामा मात्र किन भन्दै प्रश्न गरे । पाख्रीवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिकवहादुर राईले वैदेशिक राृजगारीमा जाने यूवाहरुको क्षमता अभिवृद्धिमा जोड दिए । त्यसैगरी धनकुटा नगरपालिकामा हालै गठन गरिएको मुङलानी एकता वहुउदेश्यि सहकारी संस्था लि.का अध्यक्ष कोमल राईले कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतमा सम्पन्न छलफल कार्यक्रममा वैदेशिक रोजगार वोर्डका अधिकृत अञ्जली श्रेष्ठ, समृद्धि आयोजनाका राजन गड्तौला, महालक्ष्मी नगरका गौरव कार्की, धनकुटा नगरका यूवराज दर्नाल, प्रताप राई लगायतले कार्यक्रमका वारेमा आफ्नो प्रक्रिया दिएका थिए । सो अवसरमा संस्थाको तर्फबाट धनकुटा जिल्लामा आप्रवासी श्रोत केन्द्रबाट प्रदान हुने सेवाका वारेमा केन्द्रकी सूचना अधिकृत मञ्जु राईले प्रगती र उपलव्धीका वारेमा जानकारी गराएका थिए भने धनकुटा नगरपालिका आर्थिक विकास अधिकृत विकास अधिकारीले आप्रवासन तथा पुनः एकिकरणमा धनकुटा नगरपालिकाको अवस्थामा पारेमा प्रकाश पारेका थिए ।
- Dhankutapress.com