Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

गरिव र पहुचविहिनहरुका लागी धनकुटामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

  •   ९ महिना अघि | ६ भदौ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा जिल्ला अस्पतालमा आगामी अशोज १ देखी १२ गतेसम्म वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

वुधवार आयोजित सर्वपक्षिय भेलाले शिविर सम्पन्न गर्न धनपा–७ का वडाध्यक्ष एवं यूवा समाजसेवी रोशेष श्रेष्ठको संयोजकत्वमा मुल अयोजक समिति गठन गरिएको छ ।  

शिविर संचालन गर्न वडाध्यक्ष श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरी जिम्मेवारी समेत वाँडफाँड गरिएको छ ।

    समितिको सदस्यहरुमा अञ्जन न्यौपाने, राजेन्द्र वहादुर प्रधान,पुरेन्द्रलाल श्रेष्ठ, विजय  सन्तोषी राई, सुनिल कुमार डंगोल,दोर्ण गुरागाई,दिनेश अमात्य,विश्वराज पोखरेल, विष्णुमाया कन्दङ्वा, छत्र श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, नगेन्द राई, डा. अमिताभ ठाकुर, राजन पौडेल, विश्वराज पोखरेल लगायतका रहेका छन् । त्यसैगरी धनकुटाका संघिय माननीय राजेन्द्र कुमार राईको संयोजकत्वमा सल्लाहकार समिति र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको संयोजकत्वमा अनुगमन समिति सेमत गठन गरिएको छ ।

धनकुटा अस्पतालमा हुने उक्त वृहत निःशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट वरिष्ठ स्वास्थ्य विशेषज्ञ डाक्टहरुबाट पित्त, पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायल्स, थाईराइड, गाँठागुठीको शल्यक्रिया र दाँतको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।

शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुका गरी ४५ जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार गर्न धनकुटा आउने आयोजकले जनाएको छ । उक्त शिविरमा पाँच सय भन्दा बढी विरामीहरुको शल्यक्रिया गरिने पनि संयोजक श्रेष्ठले बताए । अलोहा मेडिकल मिसन अमेरिका, धनकुटा अस्पताल र सल्भ नेपाल धनकुटाको संयुक्त आयोजनामा धनकुटा अस्पतालमा गरिव तथा पहुच विहिनहरुका लागी अशोज १ देखी १२ गतेसम्म वहृत निःशुल्क स्वाथ्य शिविर गरिएको र यसको व्यापक तयारी समेत भैरहेको  सदस्य विजय सन्तोषी राईले वतवाउनु भयो  ।

वि.सं.२०६७ साल देखी अलोहा हवाई मेडिकल मिसन अमेरिकले ाधनकुटामा गरिव असहाय र पहँुच विहिनहरुको लागी निःशुल्क सल्यक्रिया शिविर संचालन गर्दै आईरहेको छ । धनकुटा लगायत यस क्षेत्रका गरिव असाहय र पहुँच विहिनहरुका लागी उक्त शिविर जिवनदान भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए /

  • Dhankutapress

थप