Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेपाल पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्षलाई मातृशोक

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठलाई मातृशोक परेको छ । 

श्रेष्ठको आमा हिरादेवी श्रेष्ठको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा उपचारको क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र प्रदेश व्याडमिटन संघका संयोजक यज्ञश्वर वहादुर श्रेष्ठको ममतामयी माता समाजसेवी हिरादेवी श्रेष्ठको धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वास प्रश्वास र डेगुं रोगको उपचारको क्रममो निधन भएको परिवारिक परिवारिक श्रोतले जानकारी दिएको हो ।

       नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, सचिव विजय सन्तोषी राईले नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र प्रदेश व्याड मिन्टन संघका संयोजक यज्ञश्वर वहादुर श्रेष्ठको आमा समाजसेवी  हिरा देवी श्रेष्ठको निधन ले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको भन्दै मंगलवार शोक विज्ञप्ती जारी गरेर शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

  ८३ बर्षको उमेरमा निधन हुनु भएकी धनकुटाकी समाजसेवी अभिभावक स्वर्गीय हिरादेवी श्रेष्ठकी छोराहरु, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, वुहारी सुष्मा श्रेष्ठ र अर्का छोरा प्रदेश व्याड मिन्टन संघका संयोजक यज्ञश्वर श्रेष्ठ, वुहारी लिजा श्रेष्ठ र छोरीहरु कविता, अनिता, स्मिता र नाती,नातीनीहरु रहेका छन् । स्वर्गिय श्रेष्ठको अन्त्यष्ठि मुलघाट स्थित् तमोर नदीको किनारमा वुधवार अपरान्ह गरिने परिवारिक श्रोतले जनाएको छ ।

  • Dhankutapress

थप