धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
हिले/नेपाल मगर महिला संघ केन्द्रिय समितीको २७ औ स्थापना दिवस तथा ७ औ राष्ट्रिय सम्मेलन यहि अशोज ३ गतेदेखि धनकुटाको पाख्रीवासमा हुने भएको छ ।
नेपाल मगर महिला संघ केन्द्रिय समितिले धनकुटाको हिलेमा पत्रकार सम्मेलनको आयोजना गरि स्थापना दिवस तथा सम्मेलनको बारेमा जानकारी गराईएको हो ।
‘जनसंख्याको आधारमा पूर्ण समानुपातिक महिला प्रतिनीधित्वको लागि हाम्रो आन्दोलन १ सशक्तीकरण र पहिचानको संरक्षण, सम्वद्र्वनको पक्षमा हाम्रो अभियान‘ भन्ने मूल नाराका साथ अशोज ३ र ४ गते हुने सम्मेलनमा समिती गठन भएका ५६ जिल्ला मध्ये ४० जिल्लाबाट २ सय ४५ जना प्रतिनीधि तथा पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय सम्मेलनको बन्द सत्रमा हरेक जिललाबाट ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक गरी जम्मा ५ जनाले भाग लिन पाउने छन् । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाल मगर महिला संघ केन्द्रिय अध्यक्ष हिरुसरा मगरले जानकारी दिए ।
- dhankutapress