Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको जेसिज गाउँमा लेडी जेसिजको निःशुल्क आँखा शिविर

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/लेडी जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा वुधवार धनकुटाको जेसिज गाउँमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

     धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उक्त निःशुल्क आँखा शिविरको उद्घाटन गरे । उनले भने–‘मानिसको सवैभन्दा संवेदनशिल र महत्वपूर्ण अंग आँखा भएकोले आँखालाई विशेष ध्यान दिनु पर्छ ।’ उनले आँखाको वारेमा जेसिज मार्फत जनचेतना   जगाउन सके अझ प्रभावकारी हुने बताए ।  

  धनकुटा लेडि जेसिजका अध्यक्ष मुनेका वस्नेतको अध्यक्षतमा संचालन भएको उक्त निःशुल्क आँखा शिविरमा महासचिव मुना पोखरेलले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको महत्वको वारेमा पुर्व अध्यक्ष विसिका श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रमा पूर्व अध्यक्ष विसिका श्रेष्ठ, उपाध्यक्ष शोभा श्रेष्ठ, सचिव शोभा राईको सहभागीता रहेको थियो ।

शिविरमा डा. राम प्रसाद आँखा अस्पतालका नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको अाँखा परिक्षण गरी उपचार गरेको थिए ।

धनकुटा नगरपालिका वडा नं. ६ का जेसिज गाउँको र पात्ले खोला क्षेत्रका स्थानीय वासिन्दाहरुको अाँखा जाच गरी उपचार गरिएको लेडि जेसिज धनकुटाका महासचिव मुना पोखरेले बताईन । लेडि जेसिज धनकुटाले धनकुटाको वडा नं. ६ को उक्त गाउलाई चार बर्ष अघि जेसिज गाउँको नामाकरण गरी प्रत्येक बर्ष उक्त जेसिज गाउमा विभिन्न समाजिक क्रियाकलापहरु गर्दै आएको पूर्व अध्यक्ष विसिका श्रेष्ठले बताईन ।

  • Dhankutapress

थप