Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सन्दर्भ : १५९ औं मोति जयन्ती कविता प्रतियोगितामा कञ्चन बस्नेत भईन प्रथम

  •   २ वर्ष अघि | १७ भदौ २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटाः १५९ औं मोति जयन्तीको अवसर पारेर भाषा मावि कागतेमा सोमवार कविता प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थिहरुको अन्तरनिहित प्रतिभालाई प्रश्फुटन गर्ने उदेश्यले आयोजना गरिएको कविता प्रतियोगितामा कञ्चन बस्नेत प्रथम भएकी छन् । 

भाषा माविका विद्यार्थिहरु विच आयोजना गरिएको प्रतियागितामा आशीका राई द्धितिय र नितु शाही तृतिय भएकी छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाएका छन् । विजयी छात्र–छात्रालाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मोहन राई, माछापुच्छ्रे वैंक धनकुटा शाखाका प्रबन्धक भूवन न्यौपानेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् । 

भाषा माध्यामिक विद्यालयको आयोजना र माछा पुच्छ्रे वैंक धनकुटा शाखाको सहयोगमा सम्पन्न कविता प्रतियोगितामा कक्षा–५ देखी १२ सम्म अध्ययनरत ५१ जना छात्रछात्राले भाग लिएका थिए । प्रतियोगितामा कवि मुकुन्द प्रयास, केजी सुब्बा र घनश्याम बरालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

आमन्त्रित कविहरुको बेजोड कविता वाचन :प्रतियोगिता पश्चात राष्ट्रिय अन्तरािष्ट्रय क्षेत्रमा ख्याति कमाएका चर्चित धनकुटाका कविहरु रोशन परियार, उत्तम लिम्वू, राज माङ्गलक, मुकुन्द प्रयास, केजी सुब्बा, रमेशचन्द्र अधिकारी, घनश्याम बराल (औलाली), द्धारिका रिजाल, अनन्त अनुराग, प्रज्वल पुकार, तुलसा स्वदेशी लगायत १९ जना आमन्त्रित कविहरुले आ–आफ्नो धमकेदार कविता वाचन गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले विद्यालयमा अध्ययनरत छात्र–छात्राहरु विच आयोजना गरिएको कविता प्रतियोगिताले उनीहरुको अन्तरनिहित प्रतिभालाई प्रश्फुटन गराउने बताए । उनले कविता प्रतियोगिताले नेपाली भाषा साहित्यको विकासमा योगदान पु¥याउने भन्दै कार्यक्रम आयोजनना गर्ने विद्यालयलाई धन्यवाद् दिए । अन्य विद्यालयमा पनि यस्ता खाले कार्यक्रमको अनुशरण गर्नु पर्नेमा नगर प्रमुख तामाङले जोड दिए । 

कार्यक्रममा शिक्षा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक गोविन्द राईले राखेका थिए ।


  • dhankutapress

थप