Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखद्धारा लिखित कविता संग्रहको लोकार्पण

  •   ४ वर्ष अघि | २८ माघ २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख नारायण जोशीद्धारा लिखित ‘यो कविता यात्रा’ २०१९–२०७९ कविता संग्रहको सनिवार एक समारोहको विच विमोचन गरिएको छ । 

त्रिचालिस वटा कविताहरुको संगालो रहेको १ सय ३६ पृष्ठ लामो कविता संग्रहको कवि जोशीका आफ्नै पनातिनी वर्ष ३ की अभियान्ना जोशीले लोकार्पण गरेकी छन् । कविता लोकार्पण कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी ‘अभियान्ना’ जोशीका तेश्रो पुस्ताकी हुन् । 

कविता संग्रहको धनकुटा वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मान वहादुर भण्डारीले टिप्पणी तथा परिचर्चा गरेका थिए । जोशीका कविता माथि परिचर्चा गर्दै सहायक क्याम्पस प्रमुख भण्डारीले कवितामा राष्ट्रप्रेम, वन्धुत्व, सृजना र मातृवात्सल्य जस्ता सवैखाले प्रेमलाई चर्चा गरिएको वताए । उनले कवितामा आत्मिय र भावानात्मक प्रेमको वढी चर्चा गरिएको पनि टिप्पणी गरे ।

साथै,उनले आध्यात्मिक दर्शनमा आधारित भएर कविता संग्रहमा प्रकृतिलाई दाँजेर जन्म पछिको, मरणलाई स्वीकार्नु पर्छ भन्ने भाव पनि पोखिएको जिकिर गरे । कवितामा मित्थक प्रयोग गरिएको वताउँदै टिप्पणीकार भण्डारीले भने–‘यो उमेरमा पनि निरन्तर ४ वटा कृति प्रकाशन गरिएको भन्दै ’जोशी सरको जस्तो जोस, मलाई पनि होस’ भन्दै कवि जोशीको प्रसंशा गरे ।

गैसस महासंघका केन्द्रिय सदस्य एवं धनकुटाका साहित्यिक अभियान्ता गीता अधिकारीले सुसुप्त बालमनोविज्ञानको रुपमा तेश्रोे पुस्ताकी आफ्नै नातिनीलाई प्रमुख अतिथि बनाएर कविता लोकार्पण गराएको भन्दै कार्यक्रमको प्रसंशा गरिन । सो अवसरमा उनले कवि जोशीद्धारा लिखित ‘बाडुली आईदिए पनि पुग्छ’ ४३ औं स्थानमा रहेको सवै भन्दा अन्तिम पातामा रहेको कविता वाचन गरेकी थिईन् । उनले कवितामा विशेष गरेर मानव जीवनका ३ वटा पक्षहरु ‘जन्म, संघर्ष र मृत्यु’ को अवस्थालाई ‘यो कविता यात्रा‘ मा समेटिएको टिप्पणी गरे ।  

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले संसारमा निराशा भन्ने वस्तु नहुने रैछ भन्ने अनुभूति कवितामा रस्वादन भएको आफूले पाएको वताए । कवि जोशीले जीवन यात्रा वारे ’एकसे एक प्रतिक्रिया‘–०७९, यो जीवन यात्रा–०७७ आत्मकथा र सपनाको सपना लघु उपन्यास–२०२५, गरी तिन कृतिहरु यस अघि नै प्रकाशन गरिसकेका छन् । 

कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा कविता संग्रहको औचित्य वारे प्रकास पार्दै कवि जोशीले भने–‘६० वर्षे कविता यात्रा यस कविता संग्रहमा समेटिएको छ ।’ उनले कार्यक्रममा सहभागी भएर शोभा वढाउनुको साथै आफ्नो प्रतिक्रिया समेत राखिदिएको सम्पुर्णलाई धन्यवाद् दिए ।    

धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स धनकुटाका प्रिन्सिपल राम नारायण शाहा ‘रामा’ को अध्यक्षतामा सम्पन्न कविता संग्रह लोकार्पण कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक जनार्दन घिमिरे ‘गोठाले’, समाजसेवी सत्यनारायण श्रेष्ठ, पत्रकार महासंघ धनकुटाका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, निवर्तमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,मिसाःखलकी प्रदेश सल्लाहकार रेणु कुमारी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।    

  • Dhnakutapress

थप