Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटाको ९२ औं वार्षिकोत्सव सम्पन्न

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं. ६ सिरानबजारमा अवस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयले ऐतिहासिक ९२ औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई विशिष्ट योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै मनाएको छ ।

सोही अवसरमा अभिभावक भेलाको साथै अन्तर नगर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शिक्षक भक्त खड्काले गरेका थिए ।

कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कोशी प्रदेशका शिक्षा विकास निर्देशनायलका निर्देशक कृष्ण प्रसाद पोखरेल, शिक्षा विकास समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, नेपाल राष्ट्रिय अभिभावक संघका वरिष्ठ उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, नेपाल शिक्षक महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र भट्टराई, गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएसनका उपाध्यक्ष विजय सन्तोषी राई, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटा लगायतले शिक्षा जीवन उपयोगी र व्यावसायिक तथा उत्पादनमूलक हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा गोकुण्डेश्वर मावि धनकुटाका पूर्वशिक्षक तथा शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक कृष्णप्रसाद पोखरेल, शिक्षा विकास समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू राजेन्द्रबहादुर प्रधान, आनन्द सन्तोषी राई, पूर्वप्रधानाध्यापक महानन्द पोखरेल, पूर्वश्रोत व्यक्ति रियन्द्र गुरागाइँ, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् एल्मुनाई एसोसिएसन गोमाविका उपाध्यक्ष विजय सन्तोषी राई, महासचिव सुनिल कुमार डंगोल, कोषाध्यक्ष सावित्रिदेवी श्रेष्ठ, पूर्व विद्यार्थी रेणु श्रेष्ठ, पूर्वविद्यार्थी गोपाल राई, अक्षयकोषदाता रमा श्रेष्ठलाई कार्यक्रमका प्रमुख अथिति धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङ, विद्यालयका प्रधानाध्यपक यज्ञप्रकाश चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी, सदस्य मनकुमारी तितुङ लगायतले दोसल्ला सहित सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईं, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटा, शिक्षकहरू हिमसागर कार्की, देवी योञ्जन, मछिन्द्र राई, विनिता पोखरेल, इन्द्रकुमारी श्रेष्ठ, तुलसी पुरी, रिना लुँइटेल अधिकारीलाई उत्कृष्ट कार्य सम्पादन गरेबापत उत्कृष्ट शिक्षकको रूपमा धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङ, शिक्षा विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक कृष्ण प्रसाद पोखरेल, शिक्षा विकास समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई लगायतले दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए । यसैगरी विद्यालयमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्य गर्ने रेणुका पौडेल र विष्णुमाया तामाङलाई यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले २०७६ सालमा शिक्षक पदक र २०८१ सालमा उत्कृष्ट शिक्षक पुरस्कार सङ्घीय सरकारबाट प्राप्त गरेको र सोही विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटाले यस वर्षको उत्कृष्ट विज्ञान शिक्षकको पुरस्कार सङ्घीय सरकारबाट प्राप्त गर्न सफल भएकाले सोही अवसरमा शिक्षकद्वयलाई बधाई ज्ञापन समेत गरिएको थियो । नेपाल सरकार शिक्षा विज्ञान प्रविधि मन्त्रालय काठमाडौंबाट व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरी राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भई प्रोत्साहित गराउन महत्वपूर्ण कार्य गरी विद्यालयको नेतृत्वदायी भूमीका निर्वाह गर्दै आएका धनकुटा पाख्रिवास नगरपालिका वडा नं। १ सान्ने निवासी यज्ञप्रकाश चापागाईंले अन्नपूर्ण मावि सान्नेमा २०४८ देखि २०५८ साल सम्म प्रधानाध्यापक जिम्मेवारी सम्हालेका थिए । त्सपछि केहिवर्ष हिलेमा माध्यमिक विद्यालयमा कार्यरत रहि त्यसपछि गोकुण्डेश्वर माविमा सरुवा आएर केहि वर्ष मावि शिक्षक र उच्च माविको संयोजकको भूमिका निर्वाह गरी २०७० साल देखि प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्दै आएका कुशल र योग्य प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले विद्यालयका शिक्षक तथा भौतिक विकासको लागी महत्वपूर्ण योगदान दिँदै आएकाले २०७६ सालमा नेपाल सरकारबाट शिक्षक पदक र २०८१ सालमा उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरेको र विद्यालयको उनन्नयको लागी निरन्तर रुपमा कुशलतापूर्वक नेतृत्व प्रदान गरिरहेकाले चापागाईंलाई अभिनन्दन गरि सम्मान गरिएको थियो ।

वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम बालसंसार बोडिङ स्कुल, दोस्रो तमोरभ्याली बोडिङ स्कुल, तेस्रो धनकुटा इङ्लिस बोडिङ स्कुल र सान्त्वना टंक मावि भीरगाउँ भएका थिए । उनीहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको महिला तथा पुरुष भलिवल, पुरुष फुटवल, दौड प्रतियोगिता लगायत विभिन्न विधागत खेलकुद प्रतियोगिताहरूमा विजयी हुने विद्यार्थी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अथिति, अथितिहरूले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । सोही अवसरमा विद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थीहरूलाई छात्रवृति गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा निर्णायक नारायण विकले बताए । विद्यालयले एक विद्यार्थी, एक छात्रवृति र एक शिक्षक, एक शिक्षक सम्मान कार्यक्रम अभियान संचालन गर्ने विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए ।

उक्त वार्षिक उत्सव अभिभावक भेला, सम्मान, पुरस्कार तथा छात्रवृत्र् िवितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य मन कुमारी तितुङ ताराले राखेकी थिइन् । कार्यक्रममा धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी, समाजसेवी दोर्ण गुरागाईं, जग्गादाता मनोजनारायण श्रेष्ठ, धनकुटा नगरपालिका पूर्वशिक्षा शाखा प्रमुख नगेन्द्रमणी श्रेष्ठ, वडासदस्य, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको शिक्षक यम पौडेलले बताए ।

  • dhankutapress

थप