Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरियो

  •   २ वर्ष अघि | २६ असार २०८१, मङ्लबार

पञ्चमाया तामाङ

धनकुटा प्रेस अनलाइन खवर सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता सहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । 

जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले मंगलबार धनकुटामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याक संचालन गरी खोप लगाइएको जानकारी दिए । 

धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले जिल्लाका ७ स्थानीय तहका ० देखि १५ महिनाका २ हजार ४ सय २१ र १६ देखि ५९ महिनाका ६ हजार ६ सय ९३ गरि कुल ९ हजार १ सय १४ बालबालिकाले पूर्ण रुपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए ।

एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरुले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ। धनकुटा जिल्लालाई २०७१ पौष ३० गते पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाईसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दै आइएको छ । यस घोषणाले नेपाल सरकारको पूर्णखोप सुनिश्चित राष्ट्र बनाउने लक्ष्यलाई थप बल पुगेको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । 

  • Dhankuta

थप