धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा । नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्यसमिति धनकुटाले पहिरोमा ज्यान गुमाएका परिवारलाई रु.१० हजार आर्थिक सहयोग गरेको छ ।
गत असोज १२ गते पाख्रीबास नगरपालिका वडा नं ५ घोर्लिखर्क स्थित् गुराँसेमा घरमाथिबाट पहिरो झर्दा एकै परिवारका दुईजना आमा छोरि वर्ष ८० की लक्ष्मीशोभा तामाङ र वर्ष ३७ की आशा तामाङको मृत्यु भएको थियो ।
नेपाल तामाङ घेदुङ नगर समिति पाख्रीवासको तर्फबाट राहत स्वरुप शनिबार १० हजार नगद सहयोग गरेको नगर घेदुङका कोषाध्यक्ष कल्पना तामाङले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय समिति सदस्य विष्णु मोक्तान तामाङ, नेपाल तामाङ घेदुङ धनकुटाका जिल्ला सदस्य देवेन्द्र तामाङ, चन्द्रबहादुर तामाङ ,पाख्रीवास नगर घेदुङ अध्यक्ष गजेन्द्र बम्जन तामाङ, नगर उपाध्यक्ष मानवी मोक्तान तामाङ , सचिव सोम तामाङ, पाख्रीवास नगर घेदुङका पुर्व अध्यक्ष एवं यूवा नेता जयन्द्र घिसिङ, तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाका कोषाध्यक्ष जानु वम्जन तामाङ, नगर घेदुङका सदस्य एवम पुर्व वडाध्यक्ष दल बहादुर तामाङ लगायतको उपस्थित रहेको थियो ।
सहयोग रकम मृतक आशा तामाङ्गकी पति सन्तोष तामाङलाई हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा नगर घेदुङका उपाध्यक्ष मानवी तामाङ र कोषाध्यक्ष कल्पना तामाङले व्यक्तिगत दुई काटन फ्रुटि, ४ केजी चिनि र ४ केजी आटा समेत सहयोग गरेको कोषाध्यक्ष कल्पनाले बताईन ।
- dhankutapress