धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता
धनकुटा/धनकुटामा विगत लामो समय देखी क्रियाशिल रहेको महिला मानव अधिकार रक्षक संजाल धनकुटाको जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।
विश्व महिला मानव अधिकार दिवश–२०२४ को अवसर पारेर आयोजना गरिएको जिल्ला अधिवेशनले महिला अधिकारकर्मी एवं समाजसेवी सुमना तिम्सिनालाई संजालको जिल्ला अध्यक्षमा चयन गरेको छ । त्यसैगरी संजालको जिल्ला उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः मनकला लङ्गवा लिम्वू, भगवती कार्की, कोपिल शंकर, अम्विका परियारलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा शारादा सन्तोषी राई, संगीता चापागाँई, तिना लिम्वू, जानुका सुन्दास, कसुम राईलाई चयन गरिएको छ । वाँकी सदस्यहरु मनोनय गर्न वाँकी रहेको नवनिर्वाचित अध्यक्ष तिम्सिनाले बताएकी छन् । कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालकी पुर्व अध्यक्ष जया राई, नेपाल पत्रकार महासंघकी प्रदेश उपाध्यक्ष एवं महिला अधिकारकर्मी हिमा चेम्जोङ्ग लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा मानवअधिकारको परिचय, अवधारणा, चुनौती, समस्या र समधानका उपाएहरुको विषयमा छलफल भएको थियो ।
- dhankutapress