Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेपालमा बार्षिक ३ लाख महिलाले गर्भपतन गराउँछन्

गर्भपतन गराउँने महिलाहरुको स्वास्थ्य कति सुरक्षित ?

  •   ३ वर्ष अघि | १५ जेष्ठ २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/नेपालमा बार्षिक ३ लाख २३ हजार महिलाहरुले गर्भपतन गराउने गरेको तथ्याङ्क बाहिर आएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले ‘स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरु’ माझ् आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

नेपालमा महिलाहरुले असुरक्षित यौन सम्पर्क गर्नाले गर्भ रहने र गर्भपतन गराउनेको संख्या बढेको भन्दै यस्तो तथ्याङ्क बाहिर आएको हो। यसको न्यूनिकरणका लागी स्वास्थ्यकर्मीहरुले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु पर्ने जनस्वास्थ्य अधिकृत तथा कार्यक्रमका सहजकर्ता विवेचना चौलागाईले बताईन् ।

तालिममा सहजिकरण गर्दै उनले भनिन्–‘सकारात्मक मूल्य मान्यता, रुपान्तरण तथा व्यवहार परिर्वतनलाई लिएर अगाडी बढ्न सके यो समस्या घट्ने र समाज परिर्वन हुनेछ ।’ जसका कारण अवैध र नचाहँदा नचाहँदै वसेको गर्भको कारण देखिएको नेपालका महिलाहरुको उच्च मृत्यदर पनि घट्ने सहजकर्ता चौलागाँईले बताईन ।

 त्यस्तै नेपालमा बार्षिक १ लाख, ४८ हजार महिलाहरु गर्भवति हुने गरेका छन् । जसमा गर्भपतनलाई ५८ प्रतिशत नेपाल सरकारले मान्यता दिएको छ । असुरक्षित गर्भरहेका कारण समाजमा विभिन्न डरत्रासले गर्दा गर्भपतन गराउन डराउने गरेके पाईएको चौलागाईले बताईन् ।

अन्तरक्रिया कार्यक्रममा समाजमा भएका विभिन्न घटना तथा मृत्युदरलार्ई न्यूनिकरण गर्न कस्तो खालको भूमिका खेल्न सकिन्छ भन्ने  विषयमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गोकुल भण्डारीले सहजीकरण गरेका थिए । सो अवसरमा उनले महिलाहरुले आफ्नो स्वास्थ्य सम्बन्धि वयक्तिक अधिकार स्वतन्त्र ढंगले उपभोग गर्न पाउनु पर्नेमा जोड दिएका थिए ।

यिनै विषयमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुका लागि मुल्यमान्यता, रुपान्तरण तथा व्यवहार परिवर्तन ९ख्ऋब्त्० सम्वन्धि तिनदिने कार्यक्रम सञ्चालन गरेको जनाएको छ । स्वास्थ्य कार्यालय धनकुटाको सभाहलमा सम्पन्न तिन दिने अन्तरक्रिया कार्यक्रममा जिल्लाका करिब २ दर्जन भन्दा बढी स्वास्थ्याकर्मीहरु र संचारकर्मीहरुको सहभागिता रहेको छ ।

  • Dhankutapress

थप