Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा

  •   १० महिना अघि | ११ असोज २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटा अस्पतालमा संचालन भैरहेको निःशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको   १० औ दिन वुधवार १४२ जनाको उपचार सेवा पाएका छन् ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबाट आएका चिकित्शकहरु टिम लिडरहरु  डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर, डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनाको स्वास्थ्यकर्मीहरुको टोली, धरान, काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले संयुक्त वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित, पत्थरी, पाठेघर, हर्निया, हाइडोशिल, पायन्स, थाईराड, गाँठागुठीको शल्यक्रिया र दातको उपचार सेवा प्रदान गरिएको मुल आयोजक सचिवालय समितिका सचिव विजय सन्तोषी राईले बताए ।

    १० औं दिनसम्म संचालन भएको निःशुल्क स्वास्थ्य शिविरको मुल आयोजक समितिका सह–संयोजक राजेन्द्र वहादुर प्रधानको अध्यक्षतमा वुधवार समिक्षा गरिएको छ । समिक्षा तथा अनुगमनमा भीमदल गणका मेजर राज कुमार पुन, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रहरी निरिक्षक सुरज केसी, आर्थिक समितिका संयोजक दोर्ण प्रसाद गुरागाई, सदस्य उर्गेन शाक्य लगायत सहभागी थिए । 

समिक्षामा लक्षित बर्गलाई स्वास्थ्य उपचारमा महत्वपूर्ण सहयोग पुगेको निश्कर्ष निकालिए पनि शिविरमा पहँुच भएकाले मात्र सेवा लिइरहेको भन्दै धनकुटा नगरपालिका वडा नं.४ की महिला स्वास्थ्य स्वयमसेविका सावित्रा वाग्लेले गुनासो गरेकी छन् । 

समिक्षा कार्यक्रममा शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले शिविर संचालन सम्वन्धि जानकारी गराएका थिए । शिविरमा १० औ दिन मेजर १५ जना, माईनर २१ जना, पायल्स ३७ जनाको शल्यक्रिया भएको  र ६४ जनाको दातको उपचार भएको संयोजक रोशेष श्रेष्ठले बताए ।

  • Dhankutapress

थप