Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि त्रिवेणीलाई

  •   १ वर्ष अघि | ९ भदौ २०८२, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको आईतबार सम्पन्न फाईनल खेलमा त्रिबेणी माध्यामिक बिद्यालय धनकुटा–७ चुलिबनले उपाधि हात पारेको छ । 

धनकुटाको तल्लो टुडिखेलमा आईतबार सम्पन्न फाईनल खेलमा धनकुटा–१ हिलेमा रहेको मनकामना सेकेण्डरी वोर्डिङ्ग स्कुललाई १ गोलका विरुद्ध २ गोल गरेर उपाधि हात पारेको हो । जितसंगै त्रिवेणी माविले नगद २० हजार, ट्रफि मेडल र प्रमाण हात पारेको छ । त्यसैगरी उप विजेता मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कुल हिलेले भने नगद १० हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।निर्धातिर ५० मिनेटको खेलको पहिलो हाफमा त्रिवेणी मावि धनकुटा–७ का खेलाडीहरुले आफ्नो टिमलाई सुन्यको विरुद्ध १ गोलले अग्रता दिलाएको थियो । त्यसैगरी मध्यन्तर पछिको दोश्रो हाफको अतिरिक्त ३ मिनेटको समयमा दुवै टिमले १÷१ गोल गरेपनि जित भने त्रिवेणी मावि धनकुटाका खेलाडीहरुले मनकामना मावि हिलेलाई १ का विरुद्ध २ गोल गरेर जित हात पारेका हुन् । न्यू निशान युवा क्लब धनकुटा–७ हुलाकटोलले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि धनपा वडा नं.७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, अखिल नेपाल फुटबल संघ कोशी प्रदेस सदस्य रोशन आमत्य, क्लबका अध्यक्ष कुश श्रेष्ठ लगायतलेले विजय टिमलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

सो अवसरमा विधागत रुपमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कार, प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा धनकुटा नगर क्षेत्रमा रहेका सामुदायिक–३ र संस्थागत ९ वटा गरी १२ वटा विद्यालयका खेलाडीहरुले भाग लिएका थिए ।    

  • dhankutapress

थप