Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

तेश्रो बक्रकुण्ड गोल्ड कप हिलेको उपाधि सुनसरीलाई

  •   ३ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करणको उपाधी सुनसरीले उचालेको छ । आईतवार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजीत गरेको हो । 

निर्धारीत समयमा दुबै तर्फवाट दुई दुई गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा ईलामका एक खेलाडिको प्रहार गोल पोष्टवाट बाहिरीए पछि ईलाम पराजित भएको हो । प्रतियोगिताको बिजेता टोलिले उपाधि सहित एक लाख रुपैया हात पारेको छ । त्यस्तै उपबिजेता टोलीले ५० हजार रुपैयामा चित्त बुझाएको छ ।  हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता संञ्चालन हुदै आएको छ । 

चैत्र २३ गतेवाट सञ्चालन भएको प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा ईलाम, संखुवासभा, तेह्रथुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता रहेको क्लवका सचिब अर्जुन शाहिले जानकारी दिए । 

  • Dhankutapress

थप