Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

हाम्रो इटहरी भेट्रानले धनकुटा चौविसेको प्रथम रारा भेट्रान गोल्डकपको उपाधि चुम्यो

  •   ३ वर्ष अघि | १५ मंसिर २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

राजारानी/धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले जितेको छ । 

बिहीबार सम्पन्न फाइनल खेलमा बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमलाई ० का विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी भेट्रान सुनसरीले उपाधि जितेको हो । हाम्रो इटहरी भेट्रानका दिपेन राईले खेल सुरु भएको ११ औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।  

प्रतियोगिताको विजेता हाम्रो इटहरी भेट्रान नगद १ लाख रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र हात पारेको छ। यस्तै दोस्रो भएको बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमले नगद ५० हजार रुपैयाँ ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच बेर्मियोक नाम्फिङ साहिक्षा अन्सारी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि हाम्रो इटहरी भेट्रानका अंकुर कुमार खड्गी, उत्कृष्ट गोलकिपर हाम्रो इटहरी भेट्रानको तुलसी श्रेष्ठ घोषित भए । उनीहरुले जनही ७ हजार रुपैयाँ पुरस्कार पाए । 

यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता हाम्रो इटहरी भेट्रानका सन्तोष राई र दिपेन राई घोषित भए उनीरुले संयुक्त रुपमा नगद ७ हजार रुपैयाँ प्राप्त गरे । रारा भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ, झापा सहित भारतको सिक्किमका गरि ८ वटा भेट्रान क्लबको सहभागीता रहेको थियो ।

प्रतियोगितामा विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र उपाध्यक्ष टंङ्गक पाङ्गमी मगरले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । यो धनकुटा जिल्लाकै पहिलो र अन्तराष्ट्रिय स्तरको प्रथम भेट्रान फुटबल टुर्नामेण्ट भएको गाउँपालिका अध्यक्ष चेम्जोङले दावी गरे । उनले भने–‘आगामी दिनमा पनि यसरी नै भेट्रान फुटबल प्रतियोगितालाई निरन्तरता दिन्छु ।’ 

  • Dhankutapress

थप