Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा एपिएफ

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/मोरङको वेलवारी फुटवल क्लवमाथी रोमाञ्चक जित हासिल गर्दै विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लव धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा वेलवारी फुटवल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा पुगेको हो ।

एपिएफको जितमा कप्तान हरि कार्कीले ७ औं मिनेटमा र ३३ औं मिनेटमा युवराज खड्काले एक/एक गोल गरेका थिए । खेलको अन्त्यतिर ९२ औं मिनेटमा वेलवारी फुटवल क्लवका विकु राईले आत्मघाती गोल गर्दा एपिएफ भाग्यमानी सावित हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । वेलवारीको तर्फमा ३६ औं मिनेटमा भुवन वस्नेत र ४६ औं मिनेटमा ड्यानियलले गोल गरेका थिए । 

खेलको म्यान अफ द म्यान एपिएफका युवराज खड्का घोषित हुँदै नगद ५ हजार ५ रुपैया प्राप्त गरे । उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए । 

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले विजेताले उपाधि सहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । 

आजको खेल सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । फाइनल प्रवेशको लागि एपिएफले कोशी प्रदेश लिग विजेता उदयपुरको गाइघाट फुटवल क्लवसँग आगामी चैत्र २२ गते शुक्रवार प्रतिस्पर्धा गर्नेछ । भोलि साविक विजेता विर्तामोड युनाइटेड क्लवले सप्तरीको नमो वुद्ध युथ क्लवसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने हुने प्रतियोगिताका संयोजक शम्भु प्रधानले बताए ।

२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।  शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकैको सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ । 

  • dhankutapress

थप