Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

कोशी पहाडकै प्रतिष्ठित रारा गोल्डकप धनकुटाको उपाधी झापाको विर्तामोड युनाइटेडलाई

  •   १ वर्ष अघि | ६ जेष्ठ २०८२, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/१२ औं संस्करणको धनकुटाको चर्चित रारा रनिङ गोल्डकपको उपाधी झापाको विर्तामोड युनाइटेड क्लवले जितेको छ । 

सोमवार सम्पन्न फाइनल खेलमा मोरङको एलएक्स सिटीलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधी जितेको हो । झापाको जितमा दुवै गोल आशिष चापागाईंले गरेका थिए । उनले पहिलो हाफको ४१ औं र दोस्रो हाफको ३० औं मिनेटमा गोल गरेका थिए । खेलको अन्त्यतिर मोरङका अनोज गैरेले सान्त्वना गोल फर्काए । फाइनल खेलको प्लेयर अफ द म्याच घोषित हुँदै झापाका आशिष चापागाईले नगद ७ हजार ५ सय रुपैया सहित ट्रफी प्राप्त गरे । उपाधी सँगै झापाको विर्तामोड युनाइटेडले नगद ७ लाख रुपैया सहित ट्रफी प्राप्त गरेको छ । उपविजेता वनेको एलएक्स सिटी एफसीले नगद ३ लाख रुपैया र ट्रफीमा चित्त वुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एलएक्स मोरङका देवेन्द्र तामाङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, प्रतियोगिताभर सर्वाधिक ३ गोल गर्दै झापाका मौसम सुब्बा सर्वाधिन गोलकर्ता घोषित भए । त्यस्तै रारा क्लवका गोलकिपर महेश लिम्बू प्लेयर अफ द इयर, उदयीमान खेलाडी प्रदिप मगर घोषित भए । उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो 

 प्रतियोगिताको विजेता तथा उपविजेता सहित उत्कृष्ट खेलाडीहरुलाई पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्रकुमार राई, चौविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बू, रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए । रारा फुटवल क्लवको आयोजनामा गत वैशाख २९ गते देखि संचालन भएको प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज सहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको संरक्षक चौविसे गाउँपालिका र मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको थियो ।  जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता २०५८ सालदेखि हरेक वर्ष संचालन भइरहेको छ । 

  • dhankutapress

थप