Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई धनकुटामा सम्मान

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई मंगलबार एक समारोहको विच धनकुटामा सम्मान गरिएको छ । 

कोशी प्रदेश खेलकूद विकास बोर्ड विराटनगरको आयोजनामा आयोजित सम्मान कार्यक्रममा फूटबल, कबड्डी, तेक्वान्दो तथा करा“ते विधाका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका हुन् ।

यसैक्रममा सम्मानति एवं पुरस्कृत हुनेहरुमा चीनमा सम्पन्न १९ औं एसियाली गेममा महिला कबड्डीमा कास्य पदक प्राप्त गराउन सफल मुख्य प्रशिक्षक पार्वती राई, खेलाडीहरु मेनुका राजवंशी, अनुजा कुलुङ राई र इशा राईलाई जनही दुइ लाख रुपैया“ नगद पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको छ । 

यस्तै, सन २०२३ मा क्वालालाम्पुरमा सम्पन्न आइटीएफ तेक्वान्दो विश्व च्याम्पियनशिपमा स्वर्ण पदक विजेता सजिना तामाङलाई ५० हजार रुपैया“ नगद पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरी, २०२४ मा साउदी अरेबियामा सम्पन्न वाफ महिला फूटबल च्याम्पियनशिपमा रजत पदक दिलाउन सफल आठ खेलाडीलाई पनि सम्मान गरिएको छ । यसैक्रममा सविता राना मगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रीति राई, अन्जिला तुम्बापो सुब्बा र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ ।

खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले सम्मान गरेका थिए । प्रदेश सरकारको तर्फबाट अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरिएको बोर्डका सदस्य सचिव हंसराज वाग्लले जानकारी दिए । 


  • Dhankutapress

थप