Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

प्रदेश स्तरिय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबलको उपाधि झापाको कन्काई नगरपालिकालाई

  •   २ वर्ष अघि | २४ जेष्ठ २०८१, बिहिबार

पञ्चमाया तामाङ 

धनकुटा/चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ स्मृति अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कन्काई नगरपालिकाले उचालेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा कन्काई नगरपालिकाले २–१ गोल अन्तरले धनकुटा नगरपालिकालाई हराउँदै उपाधि चुमेको हो । घरेलु दर्शकको राम्रो साथ पाएको धनकुटा नगरपालिकाले खेलको १९ औँ मिनेटमा मनिता तामाङको गोलबाट लिएको अग्रता कायम राख्न नसक्दा पराजित भएको हो । खेलको दोस्रो हाफको पहिलो र नवौँ मिनेटमा कन्काइकी जेनिफर रानामगरले गोल गर्दै टीमलाई विजयी गराइन् । 

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा छथर जोरपाटी गाउँपालिका धनकुटालाई ० का विरुद्ध ४ गोल अन्तरले हराउँदै धनकुटा फाइनलमा पुगेको हो । यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा मोरङको मिक्लाजुङ गाउँपालिकालाई ० का विरुद्ध ५ गोल अन्तरले हराउँदै कन्काइ नगरपालिका फाइनलमा पुगेको थियो । 

उपाधि विजेता कन्काइ नगरपालिकाले नगद १ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो। उपविजेता बनेको धनकुटा नगरपालिकाले नगद ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कन्काइकी जेनिफर रानामगर घोषित भइन्। उत्कृष्ट मिडफिल्ड धनकुटाकी तिर्थ लिम्बू, उत्कृष्ट फरवार्ड कन्काइकी समिक्षा मगर, उत्कृष्ट गोलकिपर कन्काइकी रञ्जु चौधरी र उत्कृष्ट कोच कन्काइका सन्तबहादुर राई घोषित भए । उनीहले नगद पुरस्कार हात पारे। खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, लिला सुब्बा, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो। उनै सहिद श्रेष्ठको सम्झनामा गठित स्मृति प्रतिष्ठानले धनकुटामा सुरु महिला फुटबल प्रतियोगिता गर्दै आएको छ ।

मैत्रिपूर्ण खेलमा पत्रकार र कर्मचारीको जित  :
फाइनल प्रतियोगिता हुनु अघि कर्मचारी, पत्रकार र राजनीतिक दल र एन्फाका भूपु खेलाडीहरु विच मैत्रीपूर्ण खेल भएको थियो । उक्त मैत्रीपूर्ण खेलमा पत्रकार, कर्मचारी टिमले १ का विरुद्ध ४ गोल गरेर राजनीतिक दल र एन्फाका भूपु खेलाडीहरु पराजित गरेका थिए । खेल वुढौली पाराको भएकाले निक्कै रोमाञचक भएको थियो । 
  • Dhankutapress

थप