Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पहिलो पटक जुम्बा कार्यशाला धनकुटामा

  •   ३ वर्ष अघि | १८ बैशाख २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/पहिलो पटक धनकुटामा वुधवार विहान जुम्वा ब्यायामशाला हुने भएको छ । 

हाम्रो डान्स सेन्टर धनकुाटको आयोजनामा पहिलो पटक सामुदायिक भवन धनकुटामा जुम्बा कार्यशाला हुन लागेको हो । जुम्बा कार्यशालाको लागि इटहरीबाट जुम्बा ब्यायामशालाको  निर्देशक अन्जी मगरले जुम्बाको २ घण्टा तालिम दिने भएकी छन् । तालिम धनकुटा नगरपालिका वडा नं.४ मा रहेको सामुदायिक भवनमा आयोजना हुने हाम्रो डान्स सेन्टर धनकुटाका नृत्य निर्देशक सन्तवीर तामाङले बताए ।  

जुम्वा कार्याशाला वुधवार विहान ६ वजे देखी ८ वजेसम्म हुने हाम्रो डान्स सेन्टर धनकुटाले जनाएको छ । सहभागीहरुलाई प्रति व्यक्ति ५ सय रुपयाँ इन्ट्रि शुल्क लाग्ने पनि वताइएको छ । इच्छुकलाई सम्पर्कको लागि हाम्रो डान्स सेन्टर धनकुटाले अनुरोध गरेको छ ।


  • Dhankutapress

थप