Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सहिद भीमनारायण गोल्डकप प्रतियोगिता आगामी वैशाख २३ गतेदेखि हुने

  •   ३ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि धनकुटामा हुने भएको छ । 

सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाले सोमबार पत्रकार सम्मेलन गरी १६ औँ संस्करण आगामी वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो । 

जिल्ला सदरमुकाम धनकुटास्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा ए डिभिजन लिगका मचिन्द्र क्लब, न्युरोड टिम (एनआरटी), विभागिय टिम एपिएफसहित आयोजक धनकुटा, भोजपुर, सिराहा, सुनसरी, मोरङ, झापाको सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

प्रतियोगिताको विजेताले पाँच लाख रुपियाँ सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याच घोषित गरेर पुरस्कृत गरिने र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्ष भएको १५ औँ संस्करणको उपाधि ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडले जितेको थियो ।

नेपाली काँग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । उनकै सम्झनामा २०५५ सालबाट यो प्रतियोगिता सञ्चालन हुदै आएको छ । 

सुरुका दुई वर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन नसकेको प्रतियोगिता २०६३ सालपछि वर्षेनि हुँदै आए पनि कोरोना महामारीको कारण तीन वर्ष स्थगित भएको थियो ।

यसैबिच सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानले १५औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय समेत सार्वजनिक गरेको छ । १५औँ संस्करणको प्रतियोगितामा ३३ लाख ८६ हजार चार सय ६६ रुपियाँ खर्च भएकोमा २९ लाख ३६ हजार नौ सय दुई रुपियाँ संकलन भएको छ ।

यस्तै ६ लाख ४४ हजार आठ सय ९८ रुपियाँ संकलन हुने चरणमा रहेको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए । उनले दाताबाट कबुल भएको रकम संकलन भएमा एक लाख ९५ हजार तीन सय ३४ रुपियाँ बचत हुने जानकारी पत्रकार सम्मेलनमा दिएका छन् ।

  • Dhankutapress

थप