Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सन्दर्भ : सहिद भीमनारायण गोल्डकप

नमोः वुद्ध युथ क्लब सप्तरीको विजयी सुरुवात

  •   २ वर्ष अघि | १६ चैत्र २०८१, आइतवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नमोःवुद्ध युथ क्लव सप्तरीले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई पराजित गर्दै सहिद भीमनारयण गोल्डकप प्रतियोगिताको १७ औँ संस्करणमा विजयी सुरुवात गरेको छ । 

आयोजक धनकुटालाई ३–१ को पराकिलो गोल अन्तरले पराजित गर्दै नमोःवुद्ध युथ क्लव सप्तरी विजयी भएको हो । नमोःवुद्ध युथ क्लव सप्तरीले आइतबार भएको पहिलो हाफको १७ औं मिनेटमा जर्सी नं.६ का निर्मल घिसिङ्गले १ गोल गरर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । नमोःवुद्ध युथ क्लव सप्तरीले कर्नर प्रहार गरेको कर्नर बललाई निर्मल घिसिङ्गले हेड मार्फत गोल गरेका थिए । त्यसैगरी पहिलो हाफको ३२ औं मिनेटमा सप्तरीका जसीै नं.९ का मिक्सन दासले थप अर्को गोल गरेर आफ्नो टिमलाई सुन्यको विरुद्ध २ गोलको अग्रता दिलाए । त्यसैगरी पहिलो आफको ३९ औं मिनेटमा सप्तरीका जर्सी नं.२५ का मोहित गुरुङ्गले थप एक गोल गरेर आफ्नो टिमलाई ३ गोलले अग्रता दिलाएका थिए । आयोजक धनकुटाले प्रतियोगिताको पहिलो खेलमा गोल गर्न नसकेपनि दोश्रो हाफको ११ औं मिनेटमा जर्सी नं.९ का दिपेन शाक्यले १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । आयोजक सहिद भीनमनारयण स्मृति प्रतिष्ठानका खेलाडीहरु दोश्रो हाफमा निक्कै आक्रमक भएपनि थप गोल लागनउ भने सकेन्न् ।  खेलको म्यान अफ द म्याच सप्तरीका  जर्सी नं.६ का निर्मल घिसिङ्ग घोषित भए । आयोजक धनकुटा पराजित भएसँगै उस्को १७ औं भीमनारयण गोल्डकपको यात्रा टुङ्गिएको छ ।

प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो ब्वाईज फुटबल इटहरी र गाइघाट फुटबल क्लब गाइघाटबीच हुने आयोजकले जनाएको छ । यो पटक दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।  सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

  • dhankutapress

थप