Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भीमनारायण कप : एपिएफको विजयी सुरुवात

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा /विभागिय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले सहिद भीमनारायण गोल्डकप प्रतियोगिताको १६ औँ संस्करणमा विजयी सुरुवात गरेको छ । 

मोरङ्गको चारतारे युथ क्लबलाई १–० गोलले पराजित गर्दै विजयी भएको हो । आइतबार वर्षाले गर्दा खेलमैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको दोस्रो हाफको खेलमा कुनै पनि गोल नभएपछि एपिएफ विजयी भएको हो । 

एपिएफले आइतबार भएको पहिलो हाफको पहिलो मिनेटमा लिएको अग्रता नै खेलको निर्णायक गोल बनेको छ । पहिलो हाफको पहिलो मिनेटमा पाएको पाएको कर्नरको सदुपयोग गर्दै एपिएफले अग्रता लिएको हो । एपिएफका बुद्धिमान राईले प्रहार गरेको कर्नर बललाई सुमन श्रेष्ठले हेड मार्फत गोल गरेका थिए । पहिलो गोल खाएपछि केही आक्रमक खेल खेल्ने प्रयास चारतारेका खेलाडीले गरे पनि एपिएफका डिफेन्सले कुनै मौका दिएनन् । खेलको म्यान अफ द म्याच एपिएफका सुमन श्रेष्ठ घोषित भए । पराजित भएसँगै चारतारे युथ क्लब घर फर्किएको छ ।

प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो विभागिय टीम त्रिभुवन आर्मी क्लब काठमाडौं र साविक विजेता विर्तामोड युनाइटेड क्लब झापा बीच खेल हुने आयोजकले जनाएको छ । यो पटक दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आगामी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।  सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

  • Dhankutapress

थप