Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भेडेटार–रवि–राँके जाने अबरुद्ध सडक ६ दिनपछि खुल्यो

  •   ८ महिना अघि | ४ चैत्र २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/पहिरोका कारण ६ दिनदेखि अवरुद्ध रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

साँगुरीगढी गाउँपालिका–६ नाम्जेको थुम्की नजिक गत शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो । करिब ३५० मिटर क्षेत्रमा सुख्खा पहिरोको कारण थुप्रिएको माटो, ढुंगा र गेगर हटाएपछि बुधबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । सडक निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्रा टेकले स्काभेटर, जेसीभी लगायत उपकरण परिचालन गरेको थियो भने नेपाल प्रहरीको सहकार्यमा अवरोध हटाइएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उक्त सडकमार्फत धरान र धनकुटाबाट चौबिसे क्षेत्र हुँदै पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने गर्दछ । सडक खुलेसँगै वुधबार बिहानदेखि सवारीसाधन आफ्नो गन्तव्यसम्म आवतजावत गर्न थालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

  • dhankutapress

थप