Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

फोनिज धनकुटामा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

आदिवासी जनजाति समदायहरु प्रति हुने विभिद र उत्पिडनका विरुद्ध पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड

  •   २ वर्ष अघि | १२ पुस २०७८, सोमवार

सन्तवीर लामा

धनकुटा/ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको चौथो जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, प्रादेशिक महाधिवेशन प्रतिनिधि र संघिय महाधिवेशन प्रतिनिधिहरुलाई आईतबार एक समारोहको विच पद हस्तान्तरण गरिएको छ ।

सो अवसरमा फोनिज जिल्ला समितिका निवर्तमान अध्यक्ष सन्तवीर लामाले शाखाको नाममा रहेको जिन्सी समाग्रीहरु, विभिन्न अभिलेख तथा दस्तावेजहरु र शाखाको नाममा रहेको नगद र माईन्युटहरु नव निर्वाचित अध्यक्ष विनु चेम्जोङलाई हस्तान्तरण गरे । सो अवसरमा निर्वाचित पदाधिकारी एवं सदस्यहरु र प्रादेशिक महाधिवेशन प्रतिनिधि र संघिय महाधिवेशन प्र्रतिनिधिहरुलाई निर्वाचन मण्डलका मुख्य निर्वाचन अधिकृत नगेन्द्र राई, निर्वाचन मण्डलका सदस्यहरु ठगिन कुमार राई, विदुर खवास र शारादा सन्तोषी राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

पद हस्तान्तरण कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि फोनिज १ नम्वर प्रदेश समितिका महासचिव विदुर खवासले फोनिजमा आवद्ध पत्रकारहरुले आदिवासी जनजातिहरुको हकअधिकारको सवालमा कलम चलाउनु पर्नेमा जोड दिए । उनले राज्य अझै पनि आदिवासी जनजातिहरु प्रति हेर्ने दृष्ट्रिकोणमा सकरात्मक नभै सकेकाले फोनजकर्मीहरुले त्यस तर्फ ध्यान केन्द्रित भएर कलम चलाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि फोनिज संघिय समितिका सल्लाहकार एवं नेफिल धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले आदिवासी जनजाति समुदायले अधिकार नपाउनुमा विभिन्न दलमा आवद्ध आदिवासी जनजाति नेताहरु दोषी रहेको औल्याए । उनले झोले दास मानसिकताबाट विभिन्न दलमा आवद्ध आदिवासी जनजाति समुदायका नेता कार्यकर्ताहरु नउठेसम्म आदिवासी जनजाति र उत्पिडित समुदायले कहिल्यै अधिकार नपाउनु ठोकवा गरे । 

फोनिज धनकुटा शाखाको निवर्तमान अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन फोनिजका निवर्तमान कोषाध्यक्ष एवं नवनिर्वाचित जिल्ला समितिका उपाध्यक्ष मानवी मोक्तानले गरेका थिए । 


  • selokhabar

थप