Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवसमा उत्कृष्ठ वन समूहहरु सम्मानित

बन डडेलोले १ नम्वर प्रदेशमा यो वर्ष ८ जनाको ज्यान गयो

  •   २ वर्ष अघि | १९ जेष्ठ २०८१, शनिबार

पञ्चमाया तामाङ 

धनकुटा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाको आयोजनामा २९ औं स्थापना दिवस शुक्रबार एक कार्यक्रमको आयोजना सहित मनाइएको छ । 

वनको दिगो ब्यस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार भन्ने मुल नाराका साथ मनाइएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले विश्वमा रहेको जमिनको भुभागमध्ये ३१ प्रतिशत भाग वनले ओगटेको भएपनि वार्षिक १ करोड हेक्टर वन मासिँदै गएको बताए । 

उनले नेपालमा ४५ प्रतिशन भुभागमा बन रहेको र कोशी प्रदेशमा पनि ४५ प्रतिशत वन रहेको बताए । कोशी प्रदेशमा सबैभन्दा बढी उदयपुरमा र सबैभन्दा कम झापा जिल्लामा ११ प्रतिसत मात्र वन रहेको बताउँदै नेपालभरि २२ हजार ४ सय १५ वटा सामुदायिक वन रहेको जानकारी दिए । उनले यो वर्ष वन डडेलोको कारण १ नम्वर प्रदेशमा ८ जनाको ज्यान गएको तथ्याङ्ग पेश गरे । 

सामुदायिक वनभित्र रहेका अति विपन्न, गरिब, आदिवासी जनजाति, दलित तथा महिलाहरुको सशक्तिकरण क्षमता अभिवृद्धि, रोजगारीको ब्यवस्था गरि आर्थिक तथा सामाजिक रुपमा स्थापित गर्न सामुदायिक वन महासंघको महत्त्वपूर्ण भुमिका रहेको जिल्ला महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताए । यस्तै कार्यक्रममा बोल्ने बक्ताहरूले सामुदायिक वनका पदाधिकारीहरुलाई वन ऐन नियमवलीमा भएका अधिकारबाट बञ्चित गराई समुहलाई नियन्त्रण तथा त्रासित बनाउने कार्य भइरहेको हुंदा सो कुरा सहन गर्न नसक्ने र सो को प्रतिवाद गर्न पछि नपर्ने पनि बताएका थिए । 

पाँच वटा वन उपभोक्ता समूह सम्मानित :

कार्यक्रमका जिल्ला सामुदायिक वन उपभोक्ता महासंघलाई सहयोग गर्ने तथा उत्कृष्ट कार्य गर्ने सामुदायिक वन उपभोक्ता वन समूहहरुलाई सम्मान गरिएको छ । सम्मानितहुनेहरुमा ह्याल्पे पटाङे सामुदायिक वन उपभोक्ता समूह धनकुटा–७, हाँडिखर्क सामुदायिक वन उपभोक्ता समूह धनकुटा–६, काँडाघारी वन उपभोक्ता समूह धनकुटा–६, सिंहदेवी तारेभीर वन उपभोक्ता समूह छथरजोरपाटी वडा नं.१ र २ र चिप्ले पाखा  सामुदायिक वन उपभोक्ता वन समूह रहेका छन् । पाँच वटा वन समुहका अध्यक्षहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, डिभिजन बन अधिकृत भरतबाबु श्रेष्ठ लगायतले सम्मान गरेका थिए ।

  • dhankutapress

थप