Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

दाताको सहयोगमा ग्रामिण जनता माविमा स्कुल बस खरिद

  •   ३ वर्ष अघि | १६ साउन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/दाताहरुको आर्थिक सहयोगमा साँगुरीगढी गाउँपालिका वडा नं. ६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयले स्कुल वस खरिद गरेको छ । 

टाढाका विद्यार्थीहरुलाई विद्यालय आउन असहज भएपछि विद्यालयले सहयोग रकम संकलन गरेर स्कुल खरिद गरिएको प्रधानाध्यापक टंक भूजेलले बताए । उनका अनुसार विद्यालयमा पढ्न आउने विद्यार्थीहरुले डेढ देखि दुई घण्टा सम्म हिड्नुपर्ने वाध्यता थियो । वस संचालन भएसँगै विद्यार्थीको हिड्नु पर्ने वाध्यता हटेको उनको भनाई छ । 

वसको भाडा दर सहुलियत राखिएको छ । सवारी चालक र इन्धन खर्चको लागि मात्रै विद्यार्थीसँग सहुलियत दरमा भाडा लिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुवहादुर आचार्यले बताए । 

एक सय जना दाताहरुले वस खरिदका लागि करिव २७ लाख रुपैया आर्थिक सहयोग गरेका छन् । साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार निवासी थामेश्वर सुब्वाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया, साँगुरीगढी गाउँपालिकाले ५ लाख रुपैया, धरान–५ सुनसरी निवासी के गुरुङले २ लाख रुपैया सहित विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय वासिन्दा लगायतले आर्थिक सहयोग गरेका हुन् ।  

होटल स्कूल उद्धघाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई स्कूल वसको उद्धघााटन गरे । कार्यक्रममा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गाउँपालिकाको आन्तरिक स्रोत कम भएकाले धेरै सहयोग गर्न सक्दैनौं । तर अन्य विद्यालयले पनि दाताहरुबाट स्रोत संकलन गरेको खण्डका गाउँपालिकाको तर्फबाट थोरै भएपनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा दिइएको जानकारी अनुसार अहिले स्कूल वसले कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने टाढाका विद्यार्थीहरुलाई सहुलियत शुल्क लिएर सेवा दिइराखेको छ । विद्यालय भन्दा टाढा रहेका माल्वासे, झरना, कार्कीछाप, सुनसरीको देवथानवाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सेवा दिइरहेको छ । विद्यालयमा अहिले ३ सय ३६ जना विद्यार्थी अध्ययनरत छन् । 

  • Dhankutapress

थप