Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

श्रमिक दिवसमा बाल पुनःस्थापना केन्द्रको बालबालिकाहरुलाई खेलकुद सामाग्री वितरण

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन समवाददाता

धनकुटा/१३४ औं अन्तर्राष्ट्रिय श्रमिक (मे दिवस) को अवसरमा पेसागत  महासङ्घ नेपाल जिल्ला समिति धनकुटाले बाल पुनःस्थापना सेवा केन्द्र धनकुटाका विद्यार्थिहरुलाइ सोमवार खेलकुद सामग्री तथा फलफूल वितरण गरेको छ । 

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष एवं प्रदेश माननीय इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यहाँ रहेका ११ जना बालबालिकाहरुलाई फुटवल, भलिवल, स्किटिङ डोरी, स्याउ अंगुर लगायत शैक्षिक समाग्रीहरु वितरण गरिएको थियो । 

शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा नेकपा एमालेकी नेतृ मनकुमारी तितुङ (तारा), नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रदेश सल्लाहकार सदस्य जयराम श्रेष्ठ, ट्रेड यूनियन धनकुटाका अध्यक्ष गोविन्द खत्री, नेपाल राष्ट्रिय कर्मचारी संगठन धनकुटाका अध्यक्ष रामकृष्ण सुवेदीले मे दिवशको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पेसागत  महासङ्घ धनकुटाका अध्यक्ष  लोकबहादुर  कटुवालको अध्यक्षतामा सम्पन्न, खेलकुद तथा शैक्षिक सामाग्ी वितरण कार्यक्रममा बाल पुनःस्थापना केन्द्र श्रीमञ्चमी पार्क धनकुटाका सचिव कमलकुमार लामिछाने,पेशागत महासंघ धनकुटाका उपाध्यक्ष रीता राई, जिल्ला सदस्य शान्तिला तामाङ लगायतले पनि मे दिवशको अवसरमा राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा छरिएर रहेका सम्पुर्ण श्रमिक बर्गमा हार्दिक सम्मान एवं शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा वोल्ने वक्ताहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिकताका वारेमा  चर्चा गरेका थिए । सस्थाका सचिव कमलकुमार लामिछानेले बाल पुनःस्थापना सेवा  केन्द्र धनकुटाका वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव डण्डपानी अधिकारी, उतम भट्टराई, राष्ट्रिय गायिका जुनी खालिङ राई लगायत घटक सस्थाका अध्यक्ष एवं सदस्य, पदाधिकारीहको सक्रिय उपस्थिति रहेको थियो ।  कार्यक्रमको संचालन पेशागत महासंघ नेपाल धनकुटाका सचिव शारदा प्रसाद धमलाले गरेका थिए । 


  • Dhankutapress

थप