Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पहिरो पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | २२ मंसिर २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/गएको असोजको पहिरोमा घरबास गुमाएका धनकुटाको छथरजोरपाटी गाउँपालिकाका पीडित परिवारलाई आपतकालिन राहत सामग्री वितरण गरिएको छ । शान्ति भोलेन्टियर्स संस्थाको सहयोगमा प्राप्त घर निर्माण र अन्य समग्री सिंधुवामा रहेको सिधुवा जोरपाटी सामुदायिक पुस्तकालय मार्फत पीडित परिवारलाई वितरण गरिएको हो ।

छथरजोरपाटी गाउँपालिकामा आयोजित शुक्रबार कार्यक्रम गरि ११ पीडित परिवारलाई १० लाख रुपैयाँ बराबरको जस्तापाता, पर्खाल निर्माणका लागि ग्याभिन जाली र अन्य सुरक्षा सामग्री उपलब्ध गराइएको हो । कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा, एसबिए नेपालका कन्ट्रि डाइरेक्टर हिरोको हगिहरा, मेनेजर गणेस लामा, रिडका उपनिर्देशक चीनकाजी श्रेष्ठ, सिधुवा जोरपाटी सामुदायिक पुस्तकालयका अध्यक्ष अर्जून घिमिरे र सचिव पदम भट्टराईले ४० थान ग्याभिन जाली चुलाचुली र शारदा सामुदायिक माध्यमिक विद्यालयको क्षतिग्रस्त पर्खाल पुनःनिर्माणका प्रदान गरे ।

आयोजित अर्का कार्यक्रममा पहिरो पीडितहरुको घर निर्माण र तथा पुनस्थापनाका लागि छथर जोरपाटी गाउँपालिकाले १० परिवारलाई २० हजारका दरले दुइलाख रुपैयाँ नगद रकम वितरण गरेको छ । पहिरो पीडितलाई नगद प्रदान गर्दै गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले भवितब्यमा परेर घरबास गुमाएका परिवारको पुनस्थापनाका लागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त बताए । उनले आंशिक र सामान्य क्षतिको समेत अभिलेख अद्यावधिक गरि राहत र परिपुरणका लागि प्रदेश तथा केन्द्र सरकार तथा दातृनिकायमा पहल गरिने बताए ।

  • dhankutapress

थप