Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नारी दिवशको अवसरमा सहिदभूमीमा विविध कार्यक्रम सम्पन्न

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/धनकुटाको सहिदभुमि गाउँपालिकाले ११३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । 

‘लैंङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुच’ भन्ने नाराका साथमा सहिदभुमि गाउँपालिकाले लैंङ्गिक समानता र महिला सशक्तिकरण शिर्षकमा खुल्ला महिला बक्तृत्वकला प्रतियोगिता अयोजना गरेको हो । बक्तृत्वकला प्रतियोगितामा ५ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा शिला राई प्रथम ,रस्मिता राई दोस्रो ,बन्दना राई तेस्रो र रोसिका राई, अनिसा भुजेल सन्तावना भएको महिला तथा बालबालिका शाखा प्रमुख प्रकृति राईले जानकारी दिनुभएको छ । उनिहरुले क्रमश नगद ५ हजार ३ हजार र २ हजार करुवा र प्रमाणपत्र पुरुस्कार पाएका छन् ।

यस्तै हाडिफोर प्रतियोगिता पबित्रा लिम्बुले जितेको छ । ४१ जना महिला सहभागि रहेको हाडिफोर प्रतियोगितामा पबित्रा लिम्बुले जित्दै नगद ३ हजार र करुवा र प्रमाणपत्र पुरस्कार पाउन सफल भएको हो । सोहि अवसरमा आयोजना गरेको महिला मेचघुमाइ प्रतियोगितामा रस्मिता राई प्रथम,बन्दना राई दोस्रो र तेस्रो शोषिता राई भएका छन् । उनिहरुले नगद ३ हजार ,२ हजार ,१ हजार सहित करुवा र प्रमाणपत्र प्राप्त गरेको गाउपालिकाले जनाएको छ ।

मेचघुमाइ प्रतियोगितामा जम्मा ४१ जना महिलाहरुको सहभागिता थियो । कार्यक्रम गााउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको अतिथिहरुमा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राई,प्रशासकिय अधिकृत गुरुदत्त शर्मा ,इन्जिनियर शरद पण्डित, कार्यपालिका सदस्य दिवानी राई लगायतको उपस्थिति थियो । प्रतियोगितामा सहभागिलाई गाउपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रशासकिय अधिकृत गुरुदत्त शर्मा,कार्यपालिका सदस्य दिवानि राई लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन रोजगार संयोजक सीता पौडेलले गरेकी थिईन । 


  • Dhnakutapress

थप