धनकुटा प्रेस सम्वाददाता
इटहरी/नेपाल तामाङ घेदुङको संघीय समितिका संरक्षक तथा तामाङ समाजको समुदायगत आन्दोलनलाई अघि बढाउन आफ्नो घरपरिवार भुलेर अहोरात्र खट्नुहुने इटहरी, सुनसरी निवासी लक्ष्मण मोक्तान का कान्छो छोरा सन्जिव मोक्तानको आईतवार दुःखद निधन भएको छ । उहाँ नेपाल तामाङ घेदुङका आजिवन सदस्य समेत थिए ।
उनको १९ वर्षको कलिलो उमेरमा आकस्मिक निधन भएको छ । पछिल्लो ६ महिनादेखी उनले निकै पिडादायी समस्या भोगिरहेका थिए । यसै विच नेपाल तामाङ घेदुङ संघीय समितिका अध्यक्ष मोहन गोले तामाङले एक प्रृस विज्ञप्ति जारी गरेर स्वर्गिग मोक्तानको दुखद निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । विज्ञप्तिमा भनेका छन्– दुःखको यस घडिमा शोकाकुल परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस र हाम्रो संगठनको आजिवन सदस्य सन्जिव मोक्तानको चित्त विज्ञानले देवाचन सिङ्खाममा बास पावोस भनी कामना गरिएको छ।
नेपाल तामाङ घेदुङको संरक्षक सदस्य लक्ष्मण मोक्तानको ४ सन्तानमध्ये कान्छो सन्जिवसहित २ सन्तानको अल्पायुमै निधन भैसकेको छ भने अरु २ सन्तान समेत जन्मेको केही वर्षदेखी नै आँखा नदेख्ने, हिड्न नसक्ने, बोल्न नसक्ने, कान नसुन्ने जस्ता बहु अपाङ्गताको समस्याबाट पिडित रहेका छन् ।
जन्मेका सबै सन्तानमा यसखालको समस्या देखिएपछि उहाँले कान्छो सन्तानको रुपमा जन्मिनु भएको सन्जिवलाई परिवारबाट अलग गरेर काठमाडौ लगेर पढाउनु भयो तरपनी उहाँलाई पनि दिदी, दाजुहरूलाई जस्तै समस्या देखिन थाल्यो र केही वर्षदेखी घरमै लगेर राख्नु भएको थियो ।
आफ्नो जन्मेका जति सबै सन्तानलाई यस्तो अद्भुत समस्या (रोग) देखिएपछि मोक्तान दम्पतिले साथै भाई इष्टमित्रसंग हारगुहार गरेर उपचारको लागि विभिन्न अस्पतालमा लगेका थिए । तर काहीँ पनि उपचार सम्भव भएन । न त आजसम्म रोग नै पत्ता लाग्यो ।
नेपाली सेनाको पेन्सनर लक्ष्मण मोक्तान तामाङको पुर्ख्यौली घर हिमाली जिल्ला ताप्लेजुङ हो । उनले दुखःसुख गरेर सानो घर बनाएर इटहरी बस्दै आएका छन् । नेपाल तामाङ घेदुङको तत्कालिन पूर्वाञ्चल समन्वय समितिको सचिव पदको जिम्मेवारी लिएर समेत तामाङ समाजको लागि योगदान पु¥याएका छन् ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ–‘समाज रुपान्तरणको एउटा इमान्दार अभियन्ताको सामान्य परिवारमा आइपरेको यो भन्दा ठूलो विपद अरु हुन सक्दैन ।’ फेरि पनि नेपाल तामाङ घेदुङ संघीय समिति आजिवन सदस्य सन्जिव मोक्तानलाई हार्दिक श्रद्धा सुमन अर्पण गर्दछ ।
यसै विच मोक्तान वंश अनुशन्धान समाज प्रदेस समितिले पनि संस्थाका संस्थापक सचिव लक्ष्मण मोक्तानका कान्छा छोरा सन्जिव मोक्तानको दुःखद निधन प्रति गहिरो दुःख व्यत्तः गर्दै हार्दिक समवेदना प्रकट गरेको छ । अनुशन्धान समाजका प्रदेस अध्यक्ष रामकुमार मोक्तानले सन्जिवको निधनले मोक्तान वंश परिवारमा ठूलो क्षेति पुगेको भन्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनको आज अपरान्ह सुनसरीको तरहरा स्थित् पानीपिया नजिकैको जंगलमा वौद्ध परम्परानुसार अन्त्यष्ठि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।
- dhankutapress