Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

दुषित खानेपानी उत्पादन गर्ने हिमधारा कम्पनीलाई कार्वाहीको प्रक्रिया शुरु

  •   ११ महिना अघि | ५ असार २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/दुषित खानेपानी उत्पादन गर्ने हिमधारा कम्पनी इटहरीलाई मंगलवार देखि खाद्य अनुशन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले छाविनको प्रक्रिया अघि वढाएको छ ।

कर्मचारी संचयकोषको शाखा कार्यालय धनकुटामा हिमधारा कम्पनी इटहरी–१० ले उत्पादन गरेको उपहार अल्ट्रा प्युर ड्रिङकिङ वाटर खानेपानीको जारमा आइतवार अखाद्य दुषित वस्तु भेटिएको थियो । कार्यालयले आईतवार विहान ११ वजे धनपा–७ कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलबाट लगेको उपहार खानेपानीको जारमा यस्तो अखाद्य पदार्थ भेटिएको थियो । उक्त घट्ना पछि कर्मचारी संचयकोषको कार्यालयले खाद्य अनुशन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटालाई अनुशन्धनको लागि पत्रचार गर्नुको साथै संचारकर्मीहरु लाई खबर गरेको थियो । 

पत्रकार पश्चात खाद्य अनुशन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले मंगलवार दुषित भेटिएको उपहार खानेपानीको जारको सर्जिमिन मुजुल्का उठाएर अनुशन्धान शुरु गरेको हो । दुषित पानीको विषयमा कार्यालयमा लिखित पत्र आएपछि आवश्याक अनुशन्धान शुरु गरिएको खाद्य अनुशन्धान तथा गुण नियनत्रण डिभिजन कार्यालयका प्रमुख आनन्द डंगोलले वताए । 

डंगोलका अनुसार अनुशन्धानको क्रममा उपहार खानेपानीको जारमा व्याच नं. उल्लेख नभएको, उत्पादन मिति नभएको, उपभोग्य मिति पनि नभएको, विर्कोले शिल गरिएको तर सुरक्षण शिल नभएको आदि÷आदि कमि कम्जोरी भेटिएको वताए । 

उनले प्रयोगशाला परिक्षणको लागि २ वटा जार सिलवन्दी लाहाछाप गरी एउटा जिल्ला प्रशासन कार्यालय धनकुटा र अर्को एउटा जार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर अनुशन्धानको लागि पठाइएको बताए । अनुशन्धानको क्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका ना.सु. गजेन्द्र रम्तेल, धनकुटा नगरपालिकाका प्रतिनिधि तेजवहादुर थापा, कर्मचारी संचयकोषका प्रमुख आनन्द डंगोल, दिपेन्द्र साप्कोटा, उपभोक्ता हित संरक्षण मञ्च धनकुाटका अध्यक्ष केदार दाहाल, आदिवासी जनजाति पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले स्थलगत मुजुल्कामा हस्ताक्षर गरेका छन् । 

अनुशन्धानको क्रममा ४ वटा जार मध्ये एउटा जारमा अखाद्य वस्तु फोला परेको थियो । अन्य तिन वटा जारमा भने केहि नभेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय धनकुटाका प्रमुख आनन्द डंगोलले बताए । तथापि पनि दुषित भेटिएको र नभेटिएको दुवै जारको परिक्षण हुने उनले बताए । खानेपानी उत्पादक कम्पनि दोषी ठहरिए खाद्य ऐन २०२३ अनुसार कार्वाही एवं सजाँय हुने खाद्य अनुशन्धान डिभिजन कार्यालयका प्रमुख आनन्द डंगोलले बताए । दाषि प्रमाणित भएमा २ वर्षदेखि ५ वर्षसम्म सँजाय र ५० हजार देखि ५ लाखसम्म दण्ड जरिवना हुने प्रमुख डंगोलले बताए । 

कार्यालयका नासु रामशरण थापाले धनपा–७ मा रहेको सनोज किराना पसल देखि ४ वटा उपहार खानेपानीको जार ल्याएको वर ताए । उनले उक्त पसलबाट ल्याएको खानेपानीको जार अट्टोबाट झारेर कार्यालयमा लादै गर्दा अखाद्य पदार्थ टाढैबाट देखिएको वताए । थापाले भने–‘अट्टोबाट झार्ने क्रममा अचानक खानेपानीको जारमा अखाद्य वस्तु देखिएको हो ।’ जारमा भ्यागुताको चेपागाँडा जस्तो कालो वस्तु, डढेको हड्डीको सेतो टुक्रा,टुक्रि जस्तो सहजै देख्न सकिन्छ, भन्दै थापाले भने–पानी एकदमै दुषित र खान अयोग्य रहेको छ ।’ 

कर्मचारी संचयकोषका अर्का कर्मचारी पूर्ण याखाले भने–‘आफूहरुले वर्षौ देखि उपहार पानी खाँदै आएको थियौ ।’ तर, यस पटक थाहा भयो हामीले त बर्षौ देखि दुषित पानी खाइरहेका रहेछौं ।’ उनले आईतवार ४ वटा उपहार खानेपानीको जार ल्याएको बताए । टाडैबाट हेर्दा खानेपानीको जारमा फोहोर देखिएकाले ४ वटै जार नचलाई कार्यालयमा सुरक्षित राखिएको याखाले वताए ।

यता धनकुटा–७ हुलाकटोल कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलका प्रोपाईटर सनोज श्रेष्ठले भने– ‘आफ्नो पसलमा ३–४ वर्ष देखि नियमित रुपमा इटहरीको हिमधारा कम्पनीले उत्पादन गर्दै आएको उपहार खानेपानी विक्रि गरिरहेको छु ।’ उता उपहार अल्ट्रा प्युर ड्रिङ्गकिङ्ग वाटर हिमधारा कम्पनी प्रा.लि. इटहरी–१० का संचालक जितेन्द्र दाहालले कामदारको कमी कम्जोरीको कारण दुषित पानी बजारमा गएको हुन सक्ने बताए । दाहालले–‘खानेपानीको जारमा फोहोर मैला भेटिएको भन्ने धनकुटाबाट आफूलाई पनि फोन आएको छ ।’ ‘यस्मा खानेपानी कम्पनीमा काम गर्ने जिम्मेवार कर्मचारीको कमी कम्जोरी भएको छ’–दाहालले थपे । 

  • Dhankutapress

थप