Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप बैसाख १७ देखि हुने

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

भेडेटार/साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप आगामी वैसाख १७ गते देखि हुने भएको छ । 

डाँडा वजार फूटवल क्लव डिएफसी डाँडा बजारले मंगलवार साँगुरीगढी गाउँपालिकाको सदरमुकाम भेडेटारमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । खेलकुदको क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सिङ्गो साँगुरीगढी गाउँपालिकालाई चिनाउने उदेश्यले आयोजना गर्न लागिएको फूटबल प्रतियोगितामा जम्मा ८ वटा टिमले भाग लिने क्लबका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । 

‘डाँडवजारको शान, खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मुल नाराको साथ आयोजना हुन लागेको फूटवल प्रतियोगितामा आयोजक डाँडावजार फुटबल क्लब, धनकुटा फुटबल क्लब, राजारानी फुटबल क्लब, गाईघाट फुटबल क्लब, मोरङ्ग फुटबल क्लब, सुनसरी फुटबल क्लव लगायतका गरी जम्मा ८ वटा टिमले भाग लिने छन् । प्रतियोगिताको कूल खर्च २२ लाख, ७३ हजार, ६ सय रुपयाँ लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ३ लाख र द्धितिय हुनेले १ लाख, ५५ हजार नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको फाईनल खेल आगामी वैसाख २० गते १ वजे देखी हुनेछ । विधागत पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक साँगुरीगढी गाउँपालिका रहेको छ । प्रतियोगिताको लागि गाउँपालिकाले ७ लाख रुपयाँ लगानी गरेको छ । त्यसैगरी साँगुरीगढी वडा नं.५ को कार्यालयले ३ लाख, जङ्गवहादुर स्मृति प्रतिष्ठानको तर्फबाट ३ लाख र बूदरहुड डाँडा बजारको तर्फबाट १ लाख रुपयाँ प्रयोजन गरेको छन् । प्रतियोगितालाई आवश्याक पर्ने बाँकी रकम संघसंस्था, व्यक्तिगत रुपमा सहयोग संकलन गरेर सम्पन्न गर्ने क्लबका अध्यक्ष राजकुमार लिम्वूले बताए । 

पत्रकार सम्मेलन साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, धनकुटा फूटवल संघका उपाध्यक्ष मणी देवान, साँगुरीगढी गाउँपालका वडा नं.५ का वडाध्यक्ष खड्ग थेगिम, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास लगायतको उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप