Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सन्दर्भ भीमनारायण गोल्डकप : गाईघाट फुटबल क्लब फाइनलमा प्रबेश

भीमनारयण गोल्डकपमा सप्तरी र गाईघाट फाईनलमा

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणमा गाईघाट फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको दोश्रो सेमिफाइनल खेलमा एफिएफ फुटबल क्लवलाई १–२ गोलको अन्तरले पारजित गर्दै गाईघाट फुटबल क्लब फाइनलमा पुगेको हो । जितसंगै सनिवार हुने भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १७ औँ संस्करणको फाईनल खेल नमोवुद्ध युथ क्लब सप्तरी र गाईघाट फुटबल क्लब विच उपाधीको लागि प्रतिष्पर्धा हुनेछ ।दोश्रो सेमिफाईनल खेलको पहिलो हाफको शुरुवातीको १ मिनेटमा एपिएफका जर्सी नं.१० युवराज खड्काले गाईघाट फुटबल क्लव उदयपुर विरुद्ध १ गोल गरेर आफ्नो टिमको लागि अग्रता दिलाएका थिए । दुवै टिम विच पहिलो हाफको निर्धारित समयमा एक आपसमा निक्कै घम्साघम्सी र प्रतिस्पर्धा भएपनि गोल हुन सकेन । त्यसैगरी प्रतियोगिताको दोश्रो हाफको ६० औं मिनेटमा गाईघाट फुटबल क्लवका जर्सी नं.१४ का किस्मत लिम्वूले १ गोल गरेर आफ्नो टिमको खाता खोले । त्यसैगरी खेलको १० मिनेट वित्न नपाउँदै पुनः गाइघाट फुटबल क्लवका जर्सी नं.१० का अफ्रिकन खेलाडी फोफोनाले थप १ गोल गरेर आफ्नो टिमलाई २ गोल गरेर अग्रता दिलाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच गाईघाट फुटबल क्लवका जर्सी नं.१० का अफ्रिकन खेलाडीघोषित भए । उनले नगद ५ हजार ५ रुपैयाँ हात पारे ।प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने गाइघाट फुटबल क्लवका जर्सी नं.१० का अफ्रिकन खेलाडी फोफोनालाई कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले नगद, प्रमाणपत्र र मायाको चिनु प्रदान गरेका थिए । दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको भोली हुने फाईनल खेल विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने छन । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

  • dhankutapress

थप