Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा पिकअप दुर्घटना हुँदा चार घाइते

  •   ७ महिना अघि | ७ चैत्र २०८२, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं.३ ढोडे हुँदै जाने भित्री सडकमा सनिवार दिउँसो २.३० बजे पिकअप दुर्घटना हुँदा चार यात्रु घाइते भएका छन् ।

सहिदभूमिको ढोडेबाट गुर्धुमतर्फ मालसामन र यात्रु लिएर जाँदै गरेको को १ ज २२९५ नं को पिकअप आफै अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङ्गका प्रहरी निरीक्षक विकास राईको कमाण्डमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । दुर्घटनामा सहिदभुमि १ का २१ वर्षीय चालक पुर्ण राई र सहिदभूमि  वडा नं.२ की ३५ वर्षीया मीना तामाङ गम्भीर घाइते भएको जनाईएको छ ।

उनीहरुको जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार पश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि पठाइएको छ । यस्तै, अन्य घाइतेहरुमा १६ वर्षीय अमित राई र अबिन राई रहेका छन् । उनीहरुको हिलेस्थित पोलिक्लिनिकमामा उपचार भइरहेको छ ।

  • dhankutapress

थप