धनकुटा प्रेस सम्वाददाता
धनकुटा/मोरङ्गको कानेपोखरी गाउँपालिका वडा नं. ६ रमाइलो घर भएका अन्दाजी वर्ष ४० का राजकुमार योञ्जन धनकुाटको पाख्रीबासमा मृत अवस्थामा फेरा परेका छन् ।
पाख्रीवास नगरपालिका वडा नं.९ लिसुम्बुस्थित अलैंची बारी नजिकको खोल्सीसामा तामाङ मृत अवस्थामा फेला परेका हुन् । स्थानीयवासी बंगुरका लागि चारो काट्न जाने क्रममा खोल्सीमा मृत अवस्थाको शव देखेपछि घटनाबारे हिले प्रहरी चौकीलाई जानकारी गराएको घट्ना स्थलबाट स्थानिय संचारकर्मी मानवी मोक्तानले जानकारी दिईन ।
घट्ना भएको थाहा भएपछि स्थानियले हिले प्रहरी चौकीलाई जानकारी दिएका थिए । जानकारी लगत्तै हिले प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक सर्जिमिन मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको पाख्रीबास नगरपालिका वडा नं. ९ की वडा अध्यक्ष सम्झना आलेले जानकारी दिए ।
स्थानीयका अनुसार शवको अवस्था हेर्दा निज ह्योन्जन तामाङको मृत्यु तिन÷चार दिन अघि भएको होकि भनेर अनुमान गरिएको छ । उनी कहिले धनकुटा आए र के कारणले उनको मृत्यु भयो भन्ने विषयमा प्रहरीले सुक्ष्म अनुशन्धान शुरु गरेको छ । मृतकका आफन्तका अनुसार तामाङ केही समयदेखि मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित थिए । पुर्खौली घर पाख्रीवास नगरपालिकाको चुङ्गवाङ्ग मै रहेको तामाङ मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- dhankutapress