धनकुटा प्रेस सम्वाददाता
पाख्रीवास/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुऔषध दुव्र्यसन विरुद्द सचेतना कार्यक्रम वुधवार सम्पन्न भएको छ ।
पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जालपादेवी माविसहित शीतलादेवी मावि, सयपत्री मावि र दिव्यज्योति माविका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी चौकी हिलेका इन्चार्ज प्रहरी नायब निरीक्षक दीपक कटुवालले लागुऔषध के हो, यसको सेवनबाट हुने असर, लागुऔषधका प्रकार, दुव्र्यसनका चरण तथा लक्षण, दुव्र्यसनमा फस्नुका कारण र त्यसबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए ।
यस्तै, हेल्पिङ हेन्ड धनकुटाका प्रतिनिधिहरूले लागुऔषध दुव्र्यसनसँग सम्बन्धित आफ्ना अनुभव तथा सचेतनामूलक जानकारी सहभागीहरूसँग साझा गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पाख्रीबासका इन्चार्ज प्रहरी नायब निरीक्षक एकबहादुर बस्नेत, वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, जालपादेवी माविका प्रधानाध्यापक निर्मल रिमाललगायत विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न लागु औषध दुव्र्यासनीविरुद्धको सचेतना कार्यक्रमको अध्यक्षता रास्वपा पाख्रीबास नगर समितिका सभापति विष्णु विक्रम निरौलाले गरेका थिए । कार्यक्रम इलाका प्रहरी कार्यालय पाख्रीबास र हेल्पिङ हेन्ड धनकुटाको सहकार्यमा सम्पन्न भएको हो ।
- dhankutapress