Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सरकार आठपहरियालाई किन सूचीकृत नगरेको ?

  •   ६ महिना अघि | १७ बैशाख २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा मुख्य थातथलो भएका आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजातिको सूचीमा समावेश गर्न सरकारसँग पुनः माग गरेका छन् । सुचिकृतको विषयमा लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै आठपहरिया समुदायले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मंगलबार धनकुटाको बिहीबारे हटियामा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित भेला भएका आठपहरिया समुदायका दाजुभाई तथा दिदिवहिनीहरुले प्लेकार्ड सहित र्यालीमा सहभागी भएर जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्ट बहादुर छोङ्गदेन आठपहरियाले २०५८ सालदेखि पटक–पटक सरकारसमक्ष माग राख्दा पनि हालसम्म ठोस सुनुवाइ नभएको बताए । आफ्नै भाषा, संस्कार, संस्कृति र छुट्टै पहिचान हुँदाहुँदै पनि नेपाल सरकारले आदिवासी जनजातिको सूचीमा समावेश नगरिनु अन्यायपूर्ण भएको उनको ठहर छ।धनकुटामा करिब ७ हजार भन्द वढी जनसंख्या रहेको आठपहरिया समुदायले वर्षभरि विभिन्न मौलिक चाडपर्व मनाउने गरेका छन् । कात्तिक वा मंसिरमा मनाइने वाडाङ्मेट चाडमा वर्षभरिका दुःख–पीडा तथा मृत्यु शोक सामूहिक रूपमा उकास्ने र पहिलो सन्तान जन्मेको खुसी साट्ने मौलिक साँस्कृतिक परम्परा रहेको छ । त्यसैगरी चैत वा बैशाखमा विसु तथा भदौ वा असोजमा न्वागी चाड मनाइन्छ । 

किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले मौलिक संस्कृति र परम्परा हुँदाहुँदै पनि राज्यबाट अपेक्षित मान्यता र संरक्षण नपाएको बताए । उनले पहिचान संरक्षण, अधिकार सुनिश्चितता तथा राज्यको मान्यता प्राप्तिका लागि आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग दोहोर्याएका छन् ।

  • dhankutapress

थप