Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

दुर्घटनाग्रस्त ट्रक आगलागी भएपछि, जलेर एक जनाको मृत्यु

  •   ३ महिना अघि | १२ साउन २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर घट्ना स्थल मै मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको मालवहक ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रकमा लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिए । प्रहरीले भोजपुर घर भएका वर्ष ३० का चालक विशाल राई जलेर मृत्यु भएको जनाएको छ । उनको घट्ना स्थलमै मृत्यु भएको थियो । ट्रकका सह–चालक म्याङ्गलुङ्ग नगरपालिका वडा नं.९ वस्ने वर्ष १८ का संजिब संग्रौला सकुशल रहेका छन् । 

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । साथै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली पनि घटना स्थलमा खटिएको थियो ।

  • dhankutapress

थप