Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

वास्तविक जन्म मिति लुकाएर दोहोरो नेपाली नागरिकता र राहदानी लिने पक्राउ

  •   ४ महिना अघि | २० असार २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा जिल्ला प्रशासन कार्यालयबाट वास्तविक जन्म मिति लुकाएर दुई वटा नागरिकता र राहदानी लिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका वर्ष ४३ का दोर्णराज काफ्ले रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ । काफ्लेले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट एउटै नाममा जन्म मिति फरक बनाइ नागरिकता र राहदानी बनाएको पाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार राहदानी प्रयोग गरेर विदेश गएको र धनकुटामा राहदानी नवीकरणका लागि आउँदा पछिल्लो दुई राहदानीको फोटो र बायोमेट्रिक मिल्यो भनेर राहदानी विभागले भनेपछि काफ्लेलाई बोलाएर सोध्दा स्वीकार गरेका थिए । जिल्ला प्रशासन  कार्यालयका प्रशासकिय अधिकृत पुष्प धमलाका अनुसार काफ्लेले दुई वटा नागरिकता बोकेर एउटा नागरिकता रद्ध गरिदिनु भन्दै धनकुटा आएका थिए ।

काफ्लेले गलत उद्देश्य राखी झुटा विवरण पेस गरेको, आफ्नो वास्तविक जन्म मिति लुकाएर दोहोरो नेपाली नागरिकता प्राप्त गरेको तथा दुवै नागरिकताका आधारमा राहदानी समेत लिएको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकारीले हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

  • dhankutapress

थप