Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निर्वाचन सुरक्षा प्रहरीलाई धनकुटामा उद्यमसिलता तथा रोजगारी प्रबद्र्धन अभिमुखिकरण

  •   ८ महिना अघि | २७ फाल्गुन २०८२, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटामा निर्वाचन प्रहरीको लागि उद्यमसिलता तथा रोजगारी प्रबद्र्धन अभिमुखिकरण कार्याक्रम वुधवार आयोजना गरीएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निर्वाचनमा जिल्लामा खटिएका  ९ सय ८९ जनपथ तर्फका र ९६ जना ससस्त्र तर्फका गरी १ हजार ८५ जना निर्वाचन प्रहरीलाई रोजगारसंग जोड्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरीएको हो ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय लगायतका बिभिन्न कार्यालयका प्रतिनिधिले निर्वाचन प्रहरीलाई आफ्नो कार्यालयले गरीरहेका काम तथा अब गर्न सकिने कामको बारेमा सहजिकरण गरेका छन् । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्बाचन प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताए । उनका अनुसार उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्न कार्याक्रमको आयोजना गरीएको हो । तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइएको छ । बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी समेत गरिएको उनको भनाई छ ।उनिहरुलाई होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागि समेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि बिकास कार्कीले जानकारी दिए । त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन सुरक्षा प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ । रोजगार प्रवद्र्धन केन्द्रकानुसार वुधवार रोजगारीका कुक् र आल्मोनियम मिस्त्रीको लागि १ सय जनाले फारम भरेको जनाएको छ । 

  • dhankutapress

थप