Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

आँखा शिविरमा ७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया

  •   ५ महिना अघि | २७ जेष्ठ २०८३, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको रामप्रसाद पोख्रेल आँखा अस्पतालमा सञ्चालित तिन दिने निःशुल्क आँखा शिविरमा ७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

नेपाल नेत्र ज्योति संघ डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजना तथा विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ सेवा फाउण्डेशनको सहयोगमा धनकुटामा ३ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु देखिएका ७७ जना आँखाका विरामीको शल्यक्रिया गरिएको हो । शिविरमा ५ सय जनाको आँखा परीक्षण गरिएको र मोतियाविन्दुको समस्या देखिएकामध्ये ७७ जनाको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय प्रवक्ता दोर्णप्रसाद गुरागाईले जानकारी दिए । सामान्य आँखा समस्या, दृष्टि कमजोर हुनु, आँखा दुख्ने जस्ता समस्या लिएर आँखा शिविरमा आएका सेवाग्राहीले निःशुल्क परामर्श तथा औषधी समेत प्राप्त गरेका थिए । लामो समयदेखि आँखाको समस्या भएपनि आर्थिक अवस्था कमजोर वा टाढा÷टाढा जान नसक्दा उपचार गर्न नपाएका धेरै नागरिकलाई शिविरमार्फत उपचार पाएको आयोजकले जनाएको छ ।

नेत्र ज्योती संघ धनकुाटका अध्यक्ष एवं धनपा–७ का वडाध्यक्ष रोशेष श्रेष्ठकानुसार शिविरको पहिलो दिन नेपाल प्रहरी तथा प्रहरीका परिवारका सदस्यको आँखा जाँच गरिएको थियो । त्यसैगरी दोस्रो दिन सर्वसाधारणहरुको आँखा परिक्षण गरिएको थियो । दोस्रो दिन अत्याधिक चाप भएकाले शिविर ३ दिनसम्म सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले ब्लाष्टलाई जानकारी दिए । यो वर्षभरि देशभरिका प्रहरी र पूर्व प्रहरी आँखा परिक्षण निःशुल्क गरिने उनले बताएका छन् । 

पछिल्लो समय नेपालमा शुन्य दशमलब २२ प्रतिशतमा आँखाको समस्या रहेको विराटनगर आँखा अस्पतालका प्रमुख प्रदिप चौधरीले जानकारी दिए । शल्यक्रियापछि सेवाग्राहीहरुले पुनः स्पष्ट आँखा देख्न सक्ने र कतिपय ज्येष्ठ नागरिकले लामो समयपछि अनुहार चिन्न, किताब पढ्न र दैनिक कामकाज गर्न सहज भएको बताएका छन् ।

  • dhankutapress

थप