Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

विराटनगरमा ‘द मोक्स डिजाइनर यार्ड’ संचालनमा

  •   २ वर्ष अघि | ७ चैत्र २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

विराटनगर/ट्राफिक चोकमा   ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर–१२ का २६ वर्षीय देवानन्द अधिकारीले  २० लाखको लगानीमा  शुक्रबारदेखि डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् ।  ‘द मोक्स डिजाइनर यार्ड’ को उद्वघाटन  मोडल  साजिद आलमले गरे । स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यसहित  व्यवसाय  संचालनमा ल्याएको उनले बताए ।

भारतको पञ्जाव टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकांक्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको उनको भनाइ थियो । सुरुवाती चरणमा २० लाखबाट सुरु गरेपनि लगानी थप बढ्ने उनले जानकारी दिए । महिला, पुरूष तथा बालबालिकालाई प्राथमिकता दिएर फेसन डिजाइन गरिने बताउदै उनले   ग्राहकको चाहना अनुसार सहुलियतमा गुणस्तरीय सामग्री उपलब्ध गराउने बताए ।

ग्राहकहरूको लागि अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गरि तयारी भइरहेको उनको भनाइ थियो । उनीसँगै अध्ययन गरेका चण्डिगढका जगदिप सिंह पनि उनीसँगै छन् । सिंहले ग्राहकले खोजेको डिजाइन तयार पारेर गुणस्तरीय सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको बताए । आवश्यक कच्चा पदार्थ भारतबाट ल्याएर यँही डिजाइन तयार गर्ने उनले बताए  ।

  • dhankutapress

थप